रुकुम पूर्वमा घरेलु तथा साना उद्योग थपिँदै
रुकुम पूर्वमा पछिल्लो समय घरेलु तथा साना उद्योगहरु थपिँदै गएका छन् । जिल्लामा लघु, घरेलु तथा साना उद्योगहरु स्थापना गर्नेहरुको सङ्ख्यामा बृद्धि हुँदै गएको तथ्याङ्कले देखाएको छ । आर्थिक वर्ष २०७७/७८ मा मात्रै घरेलु तथा साना उद्योग कार्यालयमा २४४ उद्योग दर्ता भएका छन् । थोरै लगानीमा पनि उद्योग सञ्चालन गर्न सकिने भएकाले उद्योग स्थापना गर्ने क्रम वृद्धि भएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको तथ्याङ्क अनुसार गत आर्थिक वर्षमा खुलेका उद्योगमध्ये सबैभन्दा बढी सिस्ने गाउँपालिकामा र सबैभन्दा कम भूमे गाउँपालिकामा छन् । सिस्ने गाउँपालिकामा मात्रै ११६ वटा साना उद्योग स्थापना गरिएको कार्यालयका उद्यम विकास सहजकर्ता विनोदकुमार गौतमले जानकारी दिए । उनका अनुसार पुथाउत्तरगंगा गाउँपालिकामा ७२ वटा र भूमे गाउँपालिकामा १४ वटा उद्योग गत आर्थिक वर्षमा स्थापना भए ।

सिङ्गो रुकुम जिल्ला टुक्रिएर दुईवटा जिल्ला बनाइएपछि पूर्वी रुकुममा ११२ वटा उद्योग मात्रै थिए । हाल झन्डै पाँच सय उद्योग रहेको कार्यालयको तथ्याङ्क छ । खाद्यान्न, काठजन्य, ग्रिल, स्टिल, आल्मुनियम, अल्लो, कृषिजन्य, पर्यटनजन्य, ऊर्जा मुलक, सेवामुलक, सिलाइकटाइ, कापी, गार्मेन्टलगायतका कम लगानीमा सञ्चालन गर्न सकिने उद्योग धमाधम खुलेका छन् ।
यस्तै, कृषिजन्य उद्योग स्थापना गर्नेहरुको संख्या पनि अधिक छ । नयाँ योजना बनाएर उद्यम गर्नेहरुलाई कार्यालयबाट आवश्यकताका आधारमा अनुदानसमेत दिने गरेको कार्यालयका उद्योग अधिकृत ताराप्रसाद शर्माले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के नागरिकले प्रहरीलाई रेकर्ड गर्न पाउने अधिकार छ?
-
तन्त्रमन्त्र गरेर पेट्रोल बचाइदिने आश्वास दिँदै रुसी तान्त्रिकको यस्तो धन्दा
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण