सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

मङ्गलबार, ०१ भदौ २०७८, ०५ : ५९
मङ्गलबार, ०१ भदौ २०७८

वि.सं.२०७८ साल भदौ ०१ गते । मंगलबार । ईश्वी सन् २०२१ अगष्ट १७ तारिख । नेपाल संवत् ११४१ । राक्षस संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४२ । श्रावण शुक्लपक्ष । तिथि– दशमी, रातको ०२ बजेर १६ मिनेट उप्रान्त एकादशी । नक्षत्र– ज्येष्ठा, रातको ०१ बजेर ३६ मिनेट उप्रान्त मूल । योग– वैधृति, रातको ०१ बजेर ०२ मिनेट उप्रान्त विष्कुम्भ । करण– तैतिल, दिउसो ०३ बजेर २९ मिनेट उप्रान्त गर, रातको ०२ बजेर १६ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मुद्गर योग । चन्द्रराशि–वृश्चिक । 

काठमाडौँमा सूर्योदय बिहान ०५ बजेर ३६ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३८ मिनेट । दिनमान ३२ घडी ३७ पला । भाद्र सङ्क्रान्ति ।

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) काम गर्दा ख्याल गर्नुहोला सुरु गरेका कामहरू बिग्रने तथा आर्थिक भार पर्नेछ । व्यापारमा लगानी  गरे पनि आम्दानी नहुने हुनाले दैनिक गुजार ऋण लिएर चलाउनु पर्ने बाध्यता आउनेछ । 

वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पढाइ लेखाइमा अरूलाई किनारा लगाउँदै आफन्त तथा गुरुहरूको नाक राख्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुले सँगै बसेर भलाकुसारी गर्न पाउने समय रहेको छ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)  पुराना समस्याहरू सल्टाउन सकिने तथा नयाँ कामको थालनी गर्न सकिनेछ । प्रेममा सामीप्य बढेर जाने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  माया प्रेमका कोपिला फक्रनेछ भने छोरा छोरीको काम देखि प्रसन्न हुने समय रहेको छ । शेयर बजारमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । चिट्ठा पर्ने अधिक सम्भावना रहेको छ । 

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)  व्यापार व्यवसायमा प्रशस्त समय दिनु पर्नेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । आत्मीय साथी तथा आफन्तसँग मनमुटाव बढ्ने योग रहेको छ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) दाजुभाइ तथा छिमेकीसँगको सम्बन्धमा नयाँ आयाम थपिनेछ । पराक्रम बढ्ने हुनाले साहसिलो काममा हात हाल्नुहोला सफलता मिल्नेछ । 

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) समाजमा बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै धेरै कामहरू गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूलाई समयले साथ दिनेछ भने जीवन साथीसँग थप आत्मियता बढ्नेछ ।

वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन रहनेछ । परिवार तथा आफन्तजन सँगसँगै रहेर दिन कटाउन पाउँदा मन प्रसन्न रहनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) न्यून पारिश्रमिकमा दिनभर काममा व्यस्त हुनुपर्दा मन खिन्न हुनेछ । आर्थिक अभावले महत्त्वपूर्ण कामहरू थाती रहनेछन् । 

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)  माया प्रेममा थप प्रगाढता बढेर जानेछ भने दाम्पत्य जीवन खुसी रहनेछ । पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउनेछ भने शिक्षा क्षेत्रमा गरिएको लगानी  फस्टाएर जानेछ ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)  नयाँ शैली प्रयोग गरेर गरिने व्यापार व्यवसाय अथवा कुनै कामहरूबाट मनग्गे आम्दानी हुनेछ ।  पैतृक धन सम्पत्तिको प्रयोग गरी आम्दानीका स्रोत बढाउन सकिनेछ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) सरकारी तथा प्रशासनिक क्षेत्रमा तपार्ईँको बलियो पकड रहने हुनाले कामहरू सजिलै सम्पादन हुनेछन्  । धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप