कर्णालीका मन्त्रीद्वारा कर्मचारीसँग कार्यसम्पादन सम्झौता
साउन १९ गते कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरे । शत प्रतिशत कार्यान्वयन गर्ने दावीका उनले मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता गरेका हुन् ।
सोही अनुसार विभिन्न मन्त्रालयका मन्त्रीहरुले समेत कर्मचारीसँग कार्यसम्पादन सम्झौता गर्न थालेका छन्।
प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्री गोपाल शर्माले प्रदेशको मेरुदण्डको रुपमा रहेकाले कर्मचारीले कार्यसम्पादन पारदर्शी र छिटो छरितो गर्न भन्दै कार्यसम्पादन सम्झौता गरेका छन्।
उनले कार्यसम्पादनमा कुनै बहानाबाजी नगर्न कर्मचारीलाई निर्देशन समेत दिए ।
प्रदेश सरकारलाई गतिशिल पार्न र उद्देश्य अनुसारको प्रगति हासिल गर्नका लागि आर्थिक मामिला मन्त्रालय गतिशिल हुन आवश्यक छ,’उनले भने।
मन्त्रालयका सचिव चक्र बहादुर बुढाले कार्य सम्पादन सम्झौताले काम गर्दा पारदर्शी र जवाफदेही बनाउने बताए ।
यस्तै अन्य मन्त्रीहरुले पनि कर्मचारीहरूसँग कार्यसम्पादन सम्झौता गर्न तयारी थालेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रचण्डसँग को–को गए श्रीलंका ?
-
आर्थिक वर्ष २०८३/८४ मा सरकारले कुन मन्त्रालयबाट कति विधेयक संघीय संसद्मा पेस गर्दैछ ?
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण