चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप
अमेरिकाको चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ । एक महिलाले उनलाई सो आरोप लगाएकी छन् । १९६५ मा आफु १२ बर्षको हुँदा डिलनले आफ्नो यौन शोषण गरेको ती महिलाको आरोप रहेको छ ।
समाचारका अनुसार न्युयोर्कको सुप्रिम कोर्टमा जेसी नामकी महिलाले मुद्दा दर्ता गराएकी छन् । जसमा भनेकी छन् ‘अप्रिल, मे १९६५ को ६ हप्ताको दौरानमा डिलनले आफ्नो यौन शोषण गरेका थिए ।’
हाल ६८ बर्षकी महिला जेसीले गत साता डिलन बिरुद्ध एक उजुरी दर्ता गराएकी छन् । जसमा डिलनले २३–२४ वर्षको उमेरमा संगीतकार भएको फाइदा उठाउँदै मदिरा खुवाएर कयौं पटक आफ्नो यौन शोषण गरेका थिए ।
नोवल पुरस्कार विजेता डिलनले भने ती महिलाको आरोपको खण्डन गरेका छन् । ५६ वर्ष पुरानो जेसीको दाबीमा कुनै सत्यता नरहेको डिलनका प्रवक्ताले बताएका छन् ।
न्युयोर्कका संगीत सिताराको रुपमा परिचित डिलनको सक्कली नाम रोर्बट एलेन जिमरम्यान हो । उनले कयौं पटक ग्रामी पुरस्कार समेत प्राप्त गरेका छन् । यसको अलवा उनले साहित्यको नोवल पुरस्कार समेत पाएका छन् । डिलन अहिले ८० वर्ष भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संयुक्त विद्यार्थी संगठनले भने– त्रिविमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप
-
१० बजे १० समाचार : रवि–बालेनकाे चेतावनीदेखि तत्कालका लागि वाम एकतामा पूर्णविरामसम्म
-
खाएको बिल नतिरेर होटलवालाई धम्की दिने एक जना पक्राउ
-
पाइलटले तालिम लिइरहँदा विमान दुर्घटना
-
पत्रकार महासङ्घ रुपन्देहीद्वारा ३ जना पत्रकार पुरस्कृत
-
बढ्दो सहरीकरणसँगै उपत्यकामा धान रोप्ने ठाउँको अभाव
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण