बडिगाडका २७ घरमा बाढी पस्यो
बुधबार, ०२ भदौ २०७८, १२ : ५१
बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडो खोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो ।
गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ । खानेपानीका मुहान, तरकारी टनेल, धान खेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् । घटना र क्षतिको विवरण आउन बाँकी छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युत्का पोल ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३९ लाख ५० हजार बिगो भएको बैंकिङ कसुर मुद्दाका फरार तीन जना प्रतिवादी पक्राउ
-
बजेटमाथिको सैद्धान्तिक छलफलको समय आधा घट्यो
-
मनसुन अवधिमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने
-
महालक्ष्मी विकास बैंकको ३१औं वार्षिकोत्सवको अवसरमा कर्मचारीहरुलाई सम्मान
-
घरेलु मदिरा ब्राण्डिङ कार्यक्रमलाई संघीय सरकारको जम्मा चार हजार बजेट !
-
अर्थतन्त्रका चुनौतीलाई सामना गर्नेगरी बजेट आएको छ : अर्थमन्त्री पौडेल