बडिगाडका २७ घरमा बाढी पस्यो
बुधबार, ०२ भदौ २०७८, १२ : ५१
बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडो खोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताए । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर स्थानीयवासीको भागाभाग भएको थियो ।
गुल्मीको मालिका गाउँपालिका पाताखर्क भन्ने स्थानबाट आएको भलले गाउँमा आइपुग्दा बाढीको रूप लिएको थियो । गाउँका सबै घरमा हिलोसहित पानी पसेको छ । खानेपानीका मुहान, तरकारी टनेल, धान खेतसमेत बाढीले पुरेको स्थानीयवासीले बताएका छन् । घटना र क्षतिको विवरण आउन बाँकी छ । पानीको मुहान बाढीले बगाउँदा गाउँमा खानेपानीको समस्या भएको छ । विद्युत्का पोल ढलेका कारण विद्युत् आपूर्तिमा समेत समस्या भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सलिना मृत्यु प्रकरण : ४ जनाविरुद्ध ज्यान सम्बन्धी कसुरमा अनुसन्धान
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण