नेप्सेमा ऐतिहासिक रेकर्ड, परिसूचक ३२ सय नजिक पुग्यो
बुधबार, ०२ भदौ २०७८, १६ : ३०
सेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । केही दिनयताको मौनता तोड्दै बुधबार नेप्से परिसूचकले ३८.२८ अंकको बृद्धि गर्दै अधिकतम ३१ सय ९८.६० विन्दु कायम गरेको हो । यो हालसम्मकै उच्च विन्दु हो ।
नेपाल स्टक एक्सचेन्ज–नेप्सेका अनुसार यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत ४.८३ अंकले बढेर ५९८.११ बिन्दुमा पुगेको छ ।
त्यसो त एकै दिन ३८ अंक माथिले नेप्से परिसूचक बढेर ३२ सय बिन्दु नजिक पुगेको दिन कारोबार रकम समेत २१ अर्ब माथिको भएको छ । नेप्सेका अनुसार यस दिन कुल २२८ कम्पनीका ३ करोड ६५ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार भन्दा बढी पटक बजारमा किनबेच हुँदा २१ अर्ब ३१ करोड ३४ लाख माथिको कारोबार भएको नेप्सेले जनाएको छ । यस दिन ट्रेडिङ (व्यापार) र म्युचुअल फण्ड बाहेकका सबै जसो समूह तथा उप समूहहरु धनात्मक (पोजेटिभ) भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण