‘केल्मे ब्राण्ड’का नक्कली कपडा बेचेको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ

‘केल्मे ब्राण्ड’का नक्कली कपडा बेचेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको घुलिखेल–८ घर भएका राजकुमार श्रेष्ठ, ललितपुर बस्ने दिनेश राजभण्डारी, भारतीय नागरिक मोहित अग्रवाल र दोलखा घर भएकी राम्री तामाङ छन् ।
उनीहरुलाई न्युरोड र बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । आरोपीहरुले स्पेनिस कम्पनी केल्मेको लोगो दुरुपयोग गरेर टोपी, टिसर्ट, एपर (हुट) र विण्ड स्विटर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरीले राजकुमारको साथबाट ३७७ थान क्याप टोपी बरामद गरेको छ । श्रेष्ठले आफुले सो क्याप चीनबाट आयात गरेको दाबी गरेका छन् । सोल्टिमोड बस्ने भारतीय नागरिक मोहित अग्रवालको डेराबाट प्रहरीले केल्मेको लोगो छाप्न प्रयोग गरिएको मेशिन र ल्यापटप बरामद गरेको छ ।
ललितपुरस्थित सैंबु बस्ने दिनेश राजभण्डारीको साथबाट केल्मे ब्राण्ड लेखिएको २७ थान टिसर्ट र ५ थान एपर (हुट) र ७ थान विण्ड स्वीटर बरामद गरिएको छ । राम्री तामाङले बजार प्रतिनिधिको काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशको समृद्धिमा बिचौलिया र भ्रष्टाचार प्रमुख बाधक : डा.वाग्ले
-
आत्मा र पुनर्जन्म हुन्छ ?
-
अपरेसन सिन्दूरमा कान्दाहार अपहरणका मास्टर माइन्डसहित ५ आतंकवादी मारिए : भारत
-
नयाँ बजेटमा आयोजना तथा कार्यक्रम हेरफेर गर्छौं : अर्थमन्त्री पौडेल
-
साउदी अरबका विदेशमन्त्रीद्वारा भारत र पाकिस्तानसँग छलफल
-
उपसभामुख राना बङ्गलादेश प्रस्थान