‘केल्मे ब्राण्ड’का नक्कली कपडा बेचेको आरोपमा काठमाडौंबाट ४ जना पक्राउ
‘केल्मे ब्राण्ड’का नक्कली कपडा बेचेको आरोपमा प्रहरीले काठमाडौंबाट ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको घुलिखेल–८ घर भएका राजकुमार श्रेष्ठ, ललितपुर बस्ने दिनेश राजभण्डारी, भारतीय नागरिक मोहित अग्रवाल र दोलखा घर भएकी राम्री तामाङ छन् ।
उनीहरुलाई न्युरोड र बौद्धबाट पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले रातोपाटीलाई बताए । आरोपीहरुले स्पेनिस कम्पनी केल्मेको लोगो दुरुपयोग गरेर टोपी, टिसर्ट, एपर (हुट) र विण्ड स्विटर बिक्री गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ ।
प्रहरीले राजकुमारको साथबाट ३७७ थान क्याप टोपी बरामद गरेको छ । श्रेष्ठले आफुले सो क्याप चीनबाट आयात गरेको दाबी गरेका छन् । सोल्टिमोड बस्ने भारतीय नागरिक मोहित अग्रवालको डेराबाट प्रहरीले केल्मेको लोगो छाप्न प्रयोग गरिएको मेशिन र ल्यापटप बरामद गरेको छ ।
ललितपुरस्थित सैंबु बस्ने दिनेश राजभण्डारीको साथबाट केल्मे ब्राण्ड लेखिएको २७ थान टिसर्ट र ५ थान एपर (हुट) र ७ थान विण्ड स्वीटर बरामद गरिएको छ । राम्री तामाङले बजार प्रतिनिधिको काम गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण