नेप्सेमा फेरि दोहोरो अंकको गिरावट, कारोबार रकम भने घटेन
सेयर बजार परिसूचक नेप्सेमा बिहीबार पुनः गिरावट आएको छ । गत बुधबार एकैदिन अधिकतम ३८.२८ अंकले बढेर हालसम्मकै उच्च बिन्दु (३१ सय ९८.६० विन्दु) कायम गर्न सफल नेप्से परिसूचकमा बिहीबार पुनः दोहोरो अंकले गिरावट आएको हो ।
नेपाल स्टक एक्सचेन्जका अनुसार साताको अन्तिम कारोबार दिन समेत रहेको यस दिन नेप्से परिसूचक १८.२४ अंकले घटेर ३१ सय ८०.७८ बिन्दुमा झरेको छ । त्यसो त यस दिन ‘क’ वर्गका सेन्सेटिभ इन्डेक्स समेत अधिकतम ८.३३ अंकले घटेर ५९०.१५ बिन्दुमा झर्न पुगेको छ ।
नेप्सेका अनुसार आज व्यापार, जीवन बीमा, निर्जीवन बीमा, माइक्रोफाइनान्स बाहेकका सबैजसो उपसमूहहरु ऋणात्मक भएका छन् । यद्यपि, अधिकतम १८ अंकले घटेको बजारमा कारोबार रकम भने यस दिन पनि घटेको छैन ।
नेप्सेका अनुसार आज कुल २२९ कम्पनीका ३ करोड ९ लाख कित्ता माथिको सेयर १ लाख ८८ हजार पटक माथि बजारमा किनबेच हुँदा २० अर्ब ४९ करोड ९२ लाखको कारोबार भएको छ ।
जबकी गत बुधबार ३८.२८ अंकले बढेको बजारमा २१ अर्ब ३१ करोड ३४ लाख माथिको कारोबार भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण