अहिलेको सरकार हामीले गरेको विकास भत्काउन आएको हो : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकारले अभूतपूर्व काम गरेको दावी गरेका छन् । बिहिबार भक्तपुरमा एमालेले गरेको विशेष सम्बोधन कार्यक्रममा बोल्दै ओलीले आफ्नो कार्यकालमा एकैदिन ३ सय ९६ वटा अस्पताल शिलान्यास गरेको दावी गरे ।
उनले निःशुल्क कोभिड परिक्षण गरेको, निःशुल्क कोभिड खोप दिएको बताए । हरेक पालिकाहरु १० देखि १५ बेडको अस्पताल बनाएको दावी गरे । आफूले पहिलोपटक रानीपोखरी शिलान्यास गर्दा जहाँ इटा राखेको अर्कोपटक प्रधानमन्त्री भएर आउँदा पनि त्यही इटा राखेको देखेर पुनर्निर्माण गरेको, धरहरा निर्माण गरेको, धरहरामा पार्किङ क्षेत्र बनाएको, मर्निङ वाक गर्ने बाटो बनाएको, देशमा विभिन्न भागमा ठूला ठूला स्कूल बनाएको दावी गरे ।
उनले आजभोली पहाडमा कतैपनि खरको छानो नभएको बताउँदै गरिब जनताका लागि घर बनाएर दिएको बताए ।
अध्यक्ष ओलीले अहिलेको सरकार बनाउन भन्दापनि अघिल्लो सरकारले गरेको विकासको काम भत्काउन आएको दावी गरे । आफ्नो सरकारले भूमिहीनका लागि बनाएको आयोग अहिलेको सरकारले भत्काउने काम गरेको उल्लेख गरे ।
‘माधव नेपालले कहिल्यै सुखी नेपाली, समृद्ध नेपाल भनेको सुन्नुभएको छ ?’ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सकार विकास विरोधी रहेको बताएका छन् । उनले आफुले सरकारको नेतृत्व गर्दा पार्टीभित्र नै बिरोधी खडा भएको भन्दै आफुले देश र जनताका लागि अभूतपूर्व विकासका काम गरेको दावी गरे ।
उनले माधव नेपाल नै विकास विरोधी रहेको बताउँदै प्रश्न गरे–‘माधव नेपालले कहिल्यै सुखी नेपाली, समृद्ध नेपाल भनेको सुन्नुभएको छ ?’ उनले विकासको नयाँ अभियान सुरु गर्दा माधव नेपालले काँधमा काँध मिलाएर हिँड्न नसकेको उल्लेख गरे ।
अध्यक्ष ओलीले अहिले बालबालिकालाई सडकमा राखेर ‘खाते’ हुन नदिएको बताए । उनले अहिले सडकमा बालबालिका र सडक मानव नरहेको बताउँदै उनीहरुको आफू नेतृत्वको सरकारले व्यवस्थापन गरेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण