गाडीको ठक्करबाट घाइते महिलाको मृत्यु

धनुषामा गाडीको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेर धनुषाको मिथिला नगरपालिका ९ स्थित बडहरी बस्ने ५५ वर्षीया रेवती घर्ती मगरको मृत्यु भएको हो । गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको गाडीले बडहरीस्थित ग्लोबल होटल अगाडि मगरलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मगरको टाउकोमा गम्भिर चोट लागेको थियो । घाइते भएलगत्तै मगरलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा लगिएको थियो ।
गम्भिर घाइते भएकी मगरको शुक्रबार विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । ठक्कर दिने गाडी र सिरहा धनगढीमाई नगरपालिका ९ का ३५ वर्षीय रञ्जित लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामा गाडीका चालक हुन् । चालक लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीको आर्थिक वृद्धिले राष्ट्रिय तथ्याङ्कलाई उछिन्यो, नागरिकको आम्दानी पनि बढ्यो
-
तीनकुने प्रकरण : ८० औँ दिनमा डिस्चार्ज भइन् रेबिका, अझैँ ‘बेड रेस्ट’ मा
-
दाङमा मगर समुदायको ‘भूमे पर्व’को उल्लास
-
आज पास होला त सङ्घीय निजामती विधेयक ?
-
२ बुँदे सहमति कार्यान्वयनबारे सभामुख र गृहमन्त्रीबिच छलफल
-
मुग्लिङ–नारायणगढ सडक खण्डमा पहिरो, दुईतर्फी सडक अवरुद्ध