गाडीको ठक्करबाट घाइते महिलाको मृत्यु
धनुषामा गाडीको ठक्करबाट घाइते भएकी एक महिलाको उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा परेर धनुषाको मिथिला नगरपालिका ९ स्थित बडहरी बस्ने ५५ वर्षीया रेवती घर्ती मगरको मृत्यु भएको हो । गत साउन ३१ गते बिहान पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना.१ ज. ७१३४ नम्बरको गाडीले बडहरीस्थित ग्लोबल होटल अगाडि मगरलाई ठक्कर दिएको थियो । गाडीको ठक्करबाट मगरको टाउकोमा गम्भिर चोट लागेको थियो । घाइते भएलगत्तै मगरलाई उपचारका लागि विराटनगरस्थित अस्पतालमा लगिएको थियो ।
गम्भिर घाइते भएकी मगरको शुक्रबार विराटनगरस्थित विराट नर्सिङ्ग होममा उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । ठक्कर दिने गाडी र सिरहा धनगढीमाई नगरपालिका ९ का ३५ वर्षीय रञ्जित लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ । लामा गाडीका चालक हुन् । चालक लामामाथि सवारी ज्यान मुद्दा दर्ता गरेर कारवाही प्रक्रिया अघि बढाइएको सुवेदीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण