‘भ्रमण वर्ष २०२०’ को प्रचारमा खर्च भएको ३० करोड खर्च अनुत्पादक
शनिबार, ०५ भदौ २०७८, १० : ४४
‘भिजिट नेपाल २०२०’ को प्रचारमा गरिएको करोडौं रुपैयाँ खर्च खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो ।
तर, विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च खेर गएको हो । महालेखाको ५८ औं प्रतिवेदनले भ्रमण वर्षको योजनामा कोरोना बाधक बनेपनि करोडौं रकम खर्च भएको देखाएको छ ।
प्रतिवेदनले प्रचार–प्रसार, उद्घाटन, खेल इभेन्ट अन्तर्राष्ट्रिय सम्मेलन/गोष्ठी/सेमिनारमा भएको उक्त रकम अनुत्पादन भएको उल्लेख छ ।
सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष बनाएर २० लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना महामारी फैलिँदा अहिले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माइतीघर डुबानपछि कारणसहितको प्रतिवेदन पेस गर्न महानगरको निर्देशन
-
काठमाडौँ महानगरपालिकाको आन्तरिक आय उत्साहजनक
-
संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण