‘भ्रमण वर्ष २०२०’ को प्रचारमा खर्च भएको ३० करोड खर्च अनुत्पादक
शनिबार, ०५ भदौ २०७८, १० : ४४

‘भिजिट नेपाल २०२०’ को प्रचारमा गरिएको करोडौं रुपैयाँ खर्च खेर गएको देखाएको छ । सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने योजनासहित कार्यक्रमहरु तय गरेको थियो ।
तर, विश्वमा महामारीको रुपमा कोरोना भाइरस फैलिँदा ३० करोड ३९ लाख ८८ हजार रुपैयाँ खर्च खेर गएको हो । महालेखाको ५८ औं प्रतिवेदनले भ्रमण वर्षको योजनामा कोरोना बाधक बनेपनि करोडौं रकम खर्च भएको देखाएको छ ।
प्रतिवेदनले प्रचार–प्रसार, उद्घाटन, खेल इभेन्ट अन्तर्राष्ट्रिय सम्मेलन/गोष्ठी/सेमिनारमा भएको उक्त रकम अनुत्पादन भएको उल्लेख छ ।
सरकारले सन् २०२० मा नेपाल भ्रमण वर्ष बनाएर २० लाख विदेशी पर्यटक नेपाल ल्याउने लक्ष्य लिएको थियो । तर, विश्वव्यापी रुपमा कोरोना महामारी फैलिँदा अहिले पर्यटन व्यवसाय सबैभन्दा बढी प्रभावित बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?
-
स्वास्थ्य बिमा बोर्डको भुक्तानी क्षमता बढाउन अस्थायी जनशक्ति थपिने
-
हामीलाई नेपाली नागरिकताको निरन्तरता चाहिन्छ : ब्रिटिस गोर्खा
-
कक्षा १२ को परीक्षामा मोबाइल फोन लगायत इलेक्ट्रोनिक्स डिभाइस निषेध
-
एनआरएनएका सबै पक्षलाई डा. शेष घलेले गराएको एकता महाधिवेशनमा जोडिन परराष्ट्रमन्त्रीको सुझाव
-
‘वाटर कलर ओडिसी’ : तीन देशका कलाकारको क्यानभासमा आ–आफ्नै पहिचान