अफगानिस्तानबाट ५०४ नेपालीको उद्धार

अफगानिस्तानबाट उद्धार भई काठमाडौं आइपुग्ने नेपालीको संख्या ५०४ पुगेको छ । अफगानिस्तानबाट उद्धार भई दोहा, दुबई, लण्डन, र नयाँदिल्लीमा रहेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउनका लागि समन्वय र सहजीकरण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार एक विज्ञप्ति जारी गरी कन्सुलर सेवा विभागको वेभ पोर्टलमा साँझ ५ बजेसम्म ३५६ जना नेपालीहरूले आफ्नो विवरण दर्ता गरेका छन् । मन्त्रालयले हाल उद्धार उडान गरिरहेका मित्रराष्ट्रहरूसँग उद्धारका लागि सहकार्य र समन्वय भैरहेको समेत जनाएको छ।
त्यस्तै अफगानिस्तानमा रहेका नेपालीहरुको संख्या एकिन गरी उद्धार गर्न आइतबार मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखहरुको संयोजकत्वमा गठित अन्तर निकाय कार्यदलको बैठकले समेत सम्पन्न भएको छ । बैठकमा अफगानिस्तानमा बाँकी नेपाली नागरिकको अवस्था, मित्र राष्ट्रहरूसँगको समन्वय, उद्धारपछिको स्वदेश फिर्ती आदिको अद्यावधिक र पछिल्लो अवस्था बारेमा छलफल भएको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायती राजा नेपालको सहयोगका लागि प्रतिबद्ध : राजदूत घिमिरे
-
पाटन संयुक्त क्याम्पसको स्ववियु सभापतिमा नेविसंघका कपाली निर्वाचित
-
अमेरिकाको डिभी लोटरीको नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ
-
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र उत्तराखण्डका मन्त्रीबिच भेटवार्ता
-
भारतले निर्माण गरिरहेको तटबन्ध रोक्न एमालेले गर्यो सरकारलाई आग्रह
-
१० बजे, १० समाचार : तीन दलको बार्गेनिङदेखि एनआरएनएको एकता महाधिवेशनसम्म