गोवामा तामिल फिल्म ‘कञ्चना–३’ की अभिनेत्री एलेक्जेन्ड्राको शव फेला
सर्वाधिक चर्चित फिल्म ‘कञ्चना–३’ की अभिनेत्री तथा रसियन मोडल एलेक्जेन्ड्रा दीजाभीको शव फेला परेको छ । दीजाभीको शव गोवास्थित फ्ल्याटमा भेटिएको हो ।
उनी उक्त फ्ल्याटमा आफ्ना प्रेमीसँग बस्दै आएकी थिइन् । उनको शव भान्साकोठामा झुन्डिएको अवस्थामा फेला परेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनले झुन्डिएको अवस्थामा रातो सारी लगाएकी प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले लेखेका छन् । प्रहरीले शवको वरिपरि कुनै पनि सुसाइड नोट फेला पारेको छैन ।
प्रहरीले अभिनेत्रीले आत्महत्या गरेको हुनसक्ने बताएको छ । तर, मृत्युको कारण के हो भने अझैसम्म खुल्न सकेको छैन । रिपोर्टका अनुसार एलेक्जेन्ड्रा मानसिक रुपमा विचलित थिइन् । उनी आफ्नो मानसिक अवस्थालाई सही बनाउनका लागि औषधि सेवन गर्ने गर्थिन् । उनी प्रेमीसँग सम्बन्ध टुटेपछि तनावमा थिइन् ।
प्रहरीका अनुसार उनको प्रेमी फ्ल्याटमा पुग्दा ढोका भित्रबाट बन्द थियो ।
सन् २०१९ मा २४ वर्षीया अभिनेत्री दीजाभीले चैन्नईमा एक फोटोग्राफरको विरुद्ध यौन उत्पीडनको आरोप लगाएकी थिइन् ।
‘कञ्चना–३’ राघव लरेन्सद्वारा लिखित फिल्म हो । उनले फिल्मको निर्देशन पनि गरेका हुन् । उनी फिल्ममा राघव लरेन्सले ओभिया, बेधिका, निक्की तंबोली र री जाबी एलेक्जेन्ड्रासँग देखिएकी थिइन् । उनले फिल्म ‘रोजी’ मा कालीको भूमिका निभाएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण