जम्दै राज र वर्षा जोडी
कोरोनाको कहरमा सुस्ताएको फिल्म नगरी कलाकारका फेसन, प्रेम र रोमान्सका गसिपले भने सधैँ तात्ने गरेको छ । पछिल्लो समय यो क्षेत्रमा चर्चाको विषयमा अभिनेत्री वर्षा सिवाकोटी र अभिनेता राज कटुवालको प्रेम भएको छ ।
दुवैले खुलेर प्रेम स्वीकार नगरे पनि उनीहरू प्रेममा रहेको कुरा भने लुक्न सकेको छैन । गत वर्ष एकसाथ होली मनाएपछि प्रेममा रहेको चर्चा चलेका यी दुवै मिडियामा भने आफूहरू राम्रो साथी रहेको बताउँदै आएका छन् । तर सामाजिक सञ्जालमा उनीहरूको पोस्ट नियाल्ने हो भने दुवै बिच प्रेम रहेको अनुमान सजिलै गर्न सकिन्छ ।
मिडियाको अगाडि प्रेम स्वीकार गर्न बाँकी भए पनि यो जोडीले सामाजिक सञ्जालको माध्यमबाट भने प्रेम व्यक्त गरिरहेका छन् । केही अगाडि वर्षाले राजसँग भिडियो कलमा कुराकानी गर्दाको स्क्रिन सट इन्स्टाग्राममा राख्दै राजले आफूलाई सधैँ खुसी दिने प्रयास गरेको बताएकी थिइन् ।
प्रेमका कारण समाचारको विषय बनेर चर्चामा रहिरहेका वर्षा र राजलाई लिएर म्युजिक भिडियो निर्माण हुने क्रम पनि बढ्न थालेको छ । केही दिनअघि गायक नवीन के भट्टराईले आफ्नो नयाँ गीत ‘सम्झिरहन्छु’मा यी दुई लिएर भिडियो बनाएका थिए ।
अब गायक सुगम पोखरेलको गीत ‘म यस्तो गीत गाउँछु’ मा देखिने भएका छन् । लामै कामविहीन बनेका राज केही अगाडि फिल्म ‘एक्स ९’ मा समेत अनुबन्धित भएका छन् । गसिपले कतिपय कलाकारलाई घाटा पुर्याए पनि राज र वर्षालाई भने फाइदा पुर्याएको देख्न सकिन्छ । पछिल्लो समयको प्रेमको चर्चाले राज र वर्षालाई भने काम धेरै दिलाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण