धतुरेको कमेडी सिरियल ‘क्या जमाना आ’ सुरु
लोकप्रिय हास्य सिरियल ‘क्या जमाना आ’को दोस्रो सिजन सुरु भएको छ । गत सोमबारबाट सिरियलको दोस्रो सिजन सुरु भएको लेखक तथा निर्देशक सीपी पुडासैनी ‘धतुरे’ ले बताए । सिरियलको पहिलो सिजन करिब एकसय भागमा पुगेर सकिएको थियो । दर्शकमाझ अत्यन्त लोकप्रिय रहेको र दर्शकको पनि माग भएकोले आफुले दोस्रो सिजन सुरु गरेको निर्देशक पुडासैनीले जानकारी दिए । ‘दोस्रो सिजनको कथाको भेराइटी भने फरक रहेको छ’ उनले थपे ।
केशव सापकोटा श्रृखंला निर्देशक रहेको सिरियलमा सीपी पुडासैनी, केशव सापकोटा, शेखर चापागाईँ, जोसना सुवेदी, सीताराम दाहाल, एलिना श्रेष्ठ, दीपु खड्का, जगदीश अधिकारी, रश्मी श्रेष्ठ, रोमा बिष्ट, आयुसा कार्की, श्याम कार्की, नविन निरौला, उमाकान्त सापकोटा लगायत नियमित देखिनेछन् ।
शर्मिला चौलागाईं निर्मात्री रहेको यो सिरियल मातापिता प्रोडक्सनको ब्यानरमा बनेको हो । सिरियल काभ्रे जिल्लाको पात्लेखेतमा छायाँकन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायली प्रधानमन्त्री नेतन्याहुले अमेरिकी राष्ट्रपति ट्रम्पलाई भेट्ने
-
बालसुधार गृहका बालकमा छाला रोगको सङ्क्रमण
-
माइक्रोबस दुर्घटना हुँदा ८ जना घाइते
-
आयुर्वेद चिकित्सा परिषद् रजिस्ट्रार नियुक्ति प्रक्रिया विवादमा, अन्तिम समयमा थपिए नयाँ उम्मेदवार
-
महाराजगञ्जमा ईभी माइक्रोले ८ वटा गाडीलाई ठक्कर दियो, एक जनाको मृत्यु
-
किसानहरूले पाए केराको उचित मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण