दल विभाजन हुनु दुर्भाग्यपूर्ण अवस्था हो : योगेश भट्टराई
नेकपा एमालेका नेता योगेश भट्टराईले नेकपा एमाले विभाजन गर्नेसम्मको गतिविधि हुनु दुर्भाग्यपूर्ण अवस्था रहेको बताएका छन् । बुधबार पार्टीका तर्फबाट आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र लामो समयदेखि जारी रहँदै आएको विवादका कारण तमाम कार्यकर्ता पंक्ति निराश भएको अवस्थामा विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाइएको स्मरण गराए ।
‘अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीचको सहमतिमा समस्याको निकास खोज्न १० सदस्यीय कार्यदल बन्यो’ उनले भने, ‘डेढ महिना समय लगाएर आन्तरिक समस्यामा छलफल गरियो र लामो छलफलपछि १० बुँदे प्रस्ताव त्यो कार्यदलले तयार गर्यो ।’ तर त्यो सहमतिलाई कार्यान्वयन गर्दै अघि बढ्नुपर्ने अवस्थामा माधवकुमार नेपालले अलग दल दर्ताका लागि सक्रियता बढाएको भन्दै उनले गुनासो गरे ।
‘आफैले कार्यदल निर्माण गर्ने, त्यो कार्यदलले १० बुँदे प्रस्ताव गरेको अवस्थामा माधवकुमार नेपाल नेतृत्वमा पार्टी विभाजन गर्ने तहसम्मको क्रियाकलाप भयो’ उनले भने, ‘यो दुर्भाग्यपूर्ण अवस्था हो ।’ दल विभाजनका विगतका इतिहासलाई हेर्दा यसबाट अतिवादी शक्ति मौलाउने खतरा देखिएको उनले बताए । दल विभाजनले कसैको हित नगर्ने पनि उनले प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टेस्टोस्टेरोन कम हुँदा पुरुषहरूमा देखिने यस्ता हुन्छन् लक्षण
-
रक्षामन्त्री हटाएको केही दिनमै जेलेन्स्कीले युक्रेनका सेना प्रमुखलाई पनि बर्खास्त गरे
-
विश्वकपका नाममा फिफाले फुटबललाई ध्वस्त पार्दैछ : स्पेनिस फुटबल प्रमुख
-
बझाङ केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण