नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत
नेपाल स्टक एक्सचेन्जमा ‘आरबीबी म्युचुअल फण्ड १’ सूचीकृत भएको छ । राष्ट्रिय वाणिज्य बैंक लि. कोष प्रवर्द्धक रहेको आरबीबी म्युचुअल फण्डअन्तर्गत सञ्चालित पहिलो बन्दमुखी योजनाका रुपमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा कारोबार हुन सक्ने गरी सम्झौता भएको हो ।
सम्झौता पत्रमा नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका तर्फबाट निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयाल र आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका थिए ।
‘आरबीबी म्युचुअल फण्ड १’ अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले १२ करोड ५० लाख इकाई अर्थात् एक अर्ब २५ करोड रुपैयाँ कारोबार हुन सक्नेगरी सूचीकरण सम्झौता भएको छ ।
उक्त म्युचुअल फण्डको योजना व्यवस्थापक तथा डिपोजिटरी राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको शत प्रतिशत लगानी रहेको सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंकिङ्ग लि. हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण