गत वर्ष २० खर्ब बराबरको अन्तर बैंक कारोबार
शनिबार, १२ भदौ २०७८, १२ : १५
गत आर्थिक वर्ष २०७७/७८ मा करिब २० खर्ब रुपैयाँ बराबरको अन्तर बैंक कारोबार भएको छ । गत वर्षमा वाणिज्य बैंक र अन्य वित्तीय संस्थाहरूबीच १९ खर्ब ९६ अर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको हो । जसमध्ये, वाणिज्य बैंकहरुको १७ खर्ब ८२ अर्ब ९६ करोड र अन्य वित्तीय संस्था (वाणिज्य बैँकबाहेक) हरुको २ खर्ब १३ अर्ब ६२ करोड रुपैयाँ अन्तर बैंक कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिती तथ्याँकले गत वर्षमा २० खर्ब रुपैयाँ अन्तर बैंक कारोबार भएको देखाएको हो । वाणिज्य बैंकहरुको अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा यस्तो कारोबार १५ खर्ब १ अर्ब ४५ करोड रुपैयाँ थियो । यस्तै, अन्य वित्तीय संस्थाहरुको अन्तर बैंक कारोबार १ खर्ब २९ अर्ब ४० करोड गरी कुल १६ खर्ब ३० अर्ब ८५ करोड रुपैयाँ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
-
सिक्किममा सुरुङ भत्किँदा १२ मजदुरको मृत्यु (अपडेट)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण