खोलाले बस्ती कटान गर्न थालेपछि स्थानीय त्रसित
रुकुम पूर्वको भूमे गाउँपालिका वडा नम्बर ५ मा रहेको बालुवा बस्ती बाढीको उच्च जोखिममा परेको छ । दुई तिरबाट नदी र खोला जमिन कटान गर्दा बस्ती जोखिममा परेको हो । एकातिरबाट उत्तरगंगा नदी र अर्कोतिरबाट रुकुमगाड खोलाले कटान गर्दा बस्ती उच्च जोखिममा परेको हो । लगातारको वर्षासँगै आएको बाढीले रात दिन बालुवामा रहेको खेती योग्य जमिन कटान गरिरहेको छ ।
केही दिनदेखि लगातार वर्षा भइरहेकाले झन् स्थानीय त्रसित बनेका छन् । गत वर्ष देखि नै नदीले बालुवाको जमिन कटान गर्न सुरु गरेको थियो । अहिलेसम्म उत्तरगंगा नदी र रुकुमगाड खोलाले ठुलो क्षेत्रफलमा रहेको जमिन बगाएको स्थानीय विश्व केसीले जानकारी दिए । बस्तीको सुरक्षाका लागि पटक पटक सम्बन्धित निकायहरूलाई गुहार्दा पनि अहिलेसम्म कसैले वास्ता नगरेको केसीको गुनासो छ ।
उक्त बस्ती भूमे गाउँपालिकाको भूभागमा पर्ने भए पनि त्यस क्षेत्रमा सिस्ने गाउँपालिकाका १५ घर परिवार बसोबास गर्दै आएका छन् । यता सिस्ने गाउँपालिकाले भने अहिले बालुवा बस्तीमा तटबन्ध गर्ने अवस्था नरहेको बताएको छ । यो समयमा नदीको बहाव बढेको हुँदा बस्तीलाई तटबन्ध गर्न सम्भव नभएको सिस्ने गाउँपालिकाका उपाध्यक्ष गोबरधन बुढाले बताए । उत्तरगंगा नदी र रुकुमगाड खोलामा पानीको बहाव कम भएपछि बस्तीको सुरक्षाका लागि जाली लगाइने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण