दैलेखमा सडक दुर्घटना, रेडक्रसका कर्मचारीको मृत्यु
शनिबार, १२ भदौ २०७८, १६ : ३७
शनिबार दैलेखमा मोटरसाइकल दुर्घटनामा परी एक कर्मचारीको मृत्यु भएको छ । दुर्घटनामा रेडक्रस सोसाइटीका कर्मचारीको ज्यान गएको हो । दुर्घटनामा रेडक्रस सोसाइटी दैलेख शाखामा कार्यरत उदयपुरको चौदण्डीगढी नगरपालिकाका ४२ वर्षीय नारायणप्रसाद पोखरेलको ज्यान गएको दैलेख प्रहरीले जनाएको छ।
सदरमुकामबाट कार्यक्षेत्र नौमुले गाउँपालिका तर्फ जाँदै गर्दा पोखरेल सवार बा ७५ प ५८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
पोखरेलको शव पोस्टमार्टका लागि दैलेख अस्पताल ल्याउने तयारी भएको बताइएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सवारी दुर्घटनामा ५ जनाको मृत्यु
-
धान रोपेपछि गोडमेलमा व्यस्त भक्तपुरका किसान, तस्बिरहरू
-
दार्चुलाबाट डा.गोविन्द केसीले भने– माग सम्बोधन नभए भोलिबाट अनसन बस्छु
-
लोकसेवाको पदपूर्तिमै अंकुश लगाउने निर्णयविरुद्ध सडकमा उत्रिए विद्यार्थी
-
चिकित्सा शिक्षा आयोगको निर्देशकका लागि १२ जना सर्टलिस्टमा
-
निर्माणाधीन घरमा दुई जनाको शव फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण