कर्णालीमा कोरोना : ७७८ सक्रिय संक्रमित
कर्णाली प्रदेशमा शनिबार ४८ जनामा कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएको छ । ४९ जनामा गरिएको आरटी–पीसिआर विधिबाटको कोरोना परीक्षणको क्रममा १७ जना र ३४४ जनामा गरिएको एन्टिजेन परीक्षणका क्रममा ३१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।
शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा २८ जनामा कोरोना देखिएको छ । यस्तै रुकुम पश्चिममा ८, सल्यानमा ४, दैलेखमा ४, कालिकोटमा १, मुगुमा २, हुम्लामा १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।
शनिबार प्रदेशभरबाट २८ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने ७६८ जना सक्रिय संक्रमित रहेका छन् । जुन तथ्याङ्क साउन महिनाको भन्दा निकै कम हो । भदौ महिना सुरु भएदेखि कर्णालीमा केही रुपमा संक्रमण दरमा कमी आएपनि जोखिम उच्च रहेको स्वास्थ्य निर्देशन डा. रविन खड्का बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण