कंगनासँगको सम्बन्धको बारेमा अध्ययन सुमनले भने, ‘वर्षौंसम्म जे–जे भयो, त्यसबाट बाहिर आउन मुश्किल थियो’
बलिउड अभिनेत्री कंगना रनौतले सन् २००९ मा ‘राजः द मिस्ट्री कन्टीन्यूज’ मा अभिनेता अध्ययन सुमन र इमरान हाशमीसँग मुख्य भूमिका निभाएकी थिइन् ।
उक्त फिल्मको सुटिङभन्दा पहिले सन् २००८ मा अध्ययन सुमनसँग कंगनाको चिनजान थियो । फिल्मको सुटिङको क्रममा उनीहरु अझै धेरै नजिकिए । तर, उनीहरुको सम्बन्ध एक वर्षभन्दा बढी चलेन ।
सम्बन्ध बिग्रिएपछि कंगना र अध्ययन दुवैले एक अर्कालाई गम्भीर आरोप लगाए । दुवैले आफ्नो सम्बन्धलाई विषालु भएको बताए ।
हालै, बलिउड बबललाई दिएको अन्तरर्वातामा अध्ययनले कंगनासँगको सम्बन्धको बारेमा खुलाएका छन् । उनले सम्बन्धमा रहेको समयमा भावनात्मक रुपमा धेरै कुराहरु भएको र जसले गर्दा उक्त सम्बन्ध टुटेको पीडाबाट बाहिर आउन निकै गाह्रो भएको बताए । उनले कंगनासँगको सम्बन्धलाई विषालु भएको पनि बताए । उनले कंगनासँग सम्बन्धमा रहनु आफ्नो गल्ती भएको बताए ।
उनले कंगनासँग सम्बन्ध टुटेपछि उक्त पीडाबाट बाहिर आउन पिताले सहयोग गरेको बताए । उनले पिताले सम्बन्धको बारेमा सम्झाइ बुझाइ गरेपछि आफू अगाडि बढ्न सफल भएको बताए ।
उनले सन् २०१६ मा दिएको एक अन्तरवार्तामा कंगनाले लागुपदार्थ लिने गरेको बताएका थिए । उनले कंगनाले बलिउडमा स्थान बनाउन आफूलाई प्रयोग गरेको पनि आरोप लगाएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण