बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय

कर्णालीमा थप ६८ जना संक्रमित थपिए, १ जनाको मृत्यु

सोमबार, १४ भदौ २०७८, १९ : ३४
सोमबार, १४ भदौ २०७८

कर्णाली प्रदेशमा सोमबार थप ६८ जनामा कोरोना भाइरसको (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। १२५ जनामा गरिएको आरटी–पीसिआर परीक्षणका क्रममा ४३ र ४३५ जनामा गरिएको  एन्टिजेन परीक्षणका क्रममा २५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको हो ।  

सोमबार सुर्खेतका सबैभन्दा धेरै ३१ जनामा कोरोना देखिएको छ भने जुम्लामा २३ जनामा संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ। यस्तै रुकुमपश्चिममा ६,मुगु र जाजरकोटमा ६÷६,सल्यान र कालिकोटमा १/१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशन डाक्टर रविन खड्काले जानकारी दिए । 

उनका अनुसार सोमबार कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ। यो सँगै कर्णालीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या ३६९ पुगेको  छ।
सोमबार प्रदेशभरबाट ६४ जनाले कोरोना भाइरसको संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या घटेर ६९२ मा खुम्चिएको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप