कर्णालीमा एमाले जेठ २ मा फर्कियो
कर्णालीमा नेकपा एमाले पुरानै संरचना अर्थात ०७५ जेठ २ को अवस्थामा फर्किएको छ। त्यसका लागि सोमबार एमालेका उपाध्यक्ष एवम् कर्णाली प्रदेश इञ्चार्ज युवराज ज्ञवालीको अध्यक्षतामा सुर्खेत पार्टी कार्यालयमा बैठक बसेको थियो ।
बैठकमा सहभागी एमाले नेता गुलाबजङ्ग शाहले नेकपा माओवादी केन्द्रसँग एकीकरण हुनु पहिलाको जेठ २ गतेकै अबस्थामा फकाउने निर्णय भएको रातोपाटीलाई जानकारी दिए ।
उनले भने,‘ आजको बैठकमा हामीले कर्णालीमा एमालेलाई एकताबद्ध बनाउने र पुरानै संरचनालाई ब्युँत्याई जनतामाझ जाने निर्णय गरिएको छ। हामीले त्यसपछि जिल्लाहरुमा गएर भेला तथा आगामी रणनीतिका बारेमा तयारी थाल्ने छौँ।’
उनका अनुसार पार्टीको महाधिवेशनको बारेमा पनि छलफल भएको छ । यद्यपी, पार्टीका निर्णय भने मंगलबार बिहान पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताईएको छ ।
सोमबारको बैठकमा ज्ञवाली सहित सह–इञ्चार्ज यामलाल कँडेल, केन्द्रीय कमिटी सदस्य विष्णु रिजाल, दैलेख इञ्चार्ज लक्ष्मी पोखरेल, राजबहादुर बुढा, प्रदेश अध्यक्ष गोरख बोगटी लगायतका नेताहरु सहभागी बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण