विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या
रुकुम पूर्वस्थित ५० शय्याको जिल्ला अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर नहुँदा बिरामीलाई समस्या व्यहोर्नु परेको छ ।
लुम्बिनी प्रदेश सरकार मातहतको सो जिल्ला अस्पतालमा विशेषज्ञ डाक्टर नहुँदा जटिल अवस्थाका बिरामीलाई अन्य जिल्लामा रिफर गर्नुपर्ने बाध्यता कायम रहेको स्थानीयवासीको गुनासो छ ।
स्थापनाकालदेखि नै सो अस्पतालमा एउटा पनि विशेषज्ञ डाक्टर उपलब्ध हुन सकेको छैन । अस्पतालमा फरक–फरक विधाका गरी विशेषज्ञ डाक्टरको १० वटा दरबन्दी छ । तर अस्पताल स्थापना भएदेखि नै विशेषज्ञ डाक्टरको सबै दरबन्दी खाली रहेको अस्पतालले जनाएको छ ।
विशेषज्ञ डाक्टर नहुँदा हर्निया, हाइड्रोसिल, जटिल सुत्केरी सेवा तथा दुर्घटनाका बिरामी, बाल रोग, नाक–कान–घाँटी, छाला लगायतका जटिल प्रकृतिका बिरामीलाई जिल्ला बाहिर पठाउनुपर्ने बाध्यता रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. गणेश चौधरीले बताए ।
उनका अनुसार प्रदेश सरकारले रिक्त दरबन्दीमा अझै पदपूर्ति गर्न सकेको छैन । अस्पतालमा अहिले ६ जना मेडिकल अधिकृत डाक्टरहरूले जसोतसो सेवा उपलब्ध गराउँदै आएका छन् ।
अस्पताल विकास समितिले पटक–पटक विशेषज्ञ डाक्टरको माग गरे पनि सरकारले सुनुवाइ नगरेको अस्पतालका मेसु डाक्टर चौधरी बताउँछन् ।
विशेषज्ञ डाक्टरको अभावमा जटिल अवस्थाका गर्भवती महिलाहरुले बढी सास्ती भोग्न बाध्य छन् । जिल्लाकै ठुलो अस्पताल भनेर विभिन्न ठाउँबाट बिरामी आउने भए पनि उनीहरुले सोचेअनुसारको सेवा पाउन नसकेको स्थानीय रणबहादुर विकले बताए ।
भौगोलिक हिसाबले विकट रहेको जिल्लाका माथिल्लो भेगका जनता सहज उपचारका लागि रूकुमकोटसम्म पुग्छन् तर यहाँ पनि भरपर्दो सेवा पाउन नसक्दा रुकुम पश्चिम, दाङ, नेपालगञ्ज लगायतका स्थानमा जान बाध्य छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फुटबल र राजनीतिलाई मिसाउँदिनँ : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी
-
अलपत्र निर्माण आयोजनाको म्याद एक वर्ष थप्ने सरकारको तयारी
-
सान फ्रान्सिस्कोमा डुङ्गा डुब्दा एक जनाको मृत्यु, दुई जना बेपत्ता
-
राजनीतिमा असम्भव भन्ने कुरा केही हुन्न, सत्ता समीकरण बदलिन पनि सक्छ: जीवनबहादुर शाही
-
शैक्षिक परामर्श व्यवसायीहरूले गरे आन्दोलनको घोषणा
-
मेस्सीले उपाधि जित्दाका साक्षी रेफ्रीलाई विश्वकप सेमिफाइनलको कमाण्ड, ओलिभर र टेलर बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण