शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

बागमती प्रदेशका मन्त्रीले दिए राजीनामा, एमाले छाडेर माधवलाई साथ

बुधबार, १६ भदौ २०७८, १० : ३४
बुधबार, १६ भदौ २०७८

बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद शर्मा खनालले पदबाट आज राजीनामा दिएका छन् । । नेकपा (एमाले) का तर्फबाट मन्त्री बन्नुभएका उनले नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टी रोज्नुभएको बताइएको छ ।  

उनले राजीनामा दिएसँगै अब प्रदेश सरकारमा मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सहित आन्तरिक मामिला तथा कानुन एवं भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डे मात्र रहेका छन् ।

प्रदेशसभाका १२ सदस्यले मंगलबार  निर्वाचन आयोगको प्रदेश कार्यालयमा पुगेर नेकपा (एकीकृत समाजवादी) मा सनाखत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप