सोमबार, २९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
पत्रपत्रिका

कांग्रेसमा नयाँ गुट थपिँदै, पाँचसम्म पुग्ने अनुमान

शुक्रबार, १८ भदौ २०७८, ०६ : ३६
शुक्रबार, १८ भदौ २०७८

मंसिर ९ देखि १३ सम्म १४औं महाधिवेशन गर्न लागेको नेपाली कांग्रेसभित्रको आन्तरिक गुट–उपगुट केन्द्रदेखि वडा तहसम्म फैलिएको छ ।

अघिल्लो अधिवेशनमा तीन गुट स्पष्ट देखिएको यो पार्टीभित्र १४औं महाधिवेशनमा थप गुट स्थापित हुने देखिएको छ ।

१२औं महाधिवेशनसम्म दुई गुट रहेको कांग्रेसभित्र १३औं महाधिवेशनसम्म आइपुग्दा तीन गुट स्थापित भएको थियो ।

१४औं महाधिवेशनमा बढेर पाँच गुटसम्म पुग्ने अनुमान छ । यसअघि स्थापित संस्थापन पक्षमा सभापति शेरबहादुर देउवा गुट, वरिष्ठ नेता रामचन्द्र पौडेल गुट र नेता कृष्णप्रसाद सिटौलाको गुट छिन्नभिन्न भएर थप गुट स्थापित हुने बाटोमा अग्रसर भइरहेको छ ।

देउवा पक्षका नेता उपसभापति विमलेन्द्र निधिले सभापतिको घोषणा गर्दै आफ्नो टिम बनाउन थालेसँगै चौथो गुटका रूपमा निधि पक्ष स्थापित हुने निश्चित देखिएको छ । यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप