सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने

शुक्रबार, १८ भदौ २०७८, १० : ०२
शुक्रबार, १८ भदौ २०७८

क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगको २०२१–२२ सिजनका लागि म्यान्चेस्टर युनाइटेडमा ‘आइकोनिक’ ७ नम्बरको जर्सी लगाउने भएका छन् । युनाइटेडले विज्ञप्ति जारी गर्दै यस कुराको पुष्टि गरेको हो । रोनाल्डो हालै मात्र युभेन्टस छाडेर ओल्ड ट्राफोड फर्किएका हुन् ।

यसअघि एडिन्सन काभानीले सो जर्सी लगाउँदै आएका थिए । अब उनले २१ नम्बर जर्सी लगाउने गोल डटकमले जनाएको छ । ‘ओल्ड ट्राफोड फर्किएपछि क्रिस्टियानो रोनाल्डोले आइकोनिक नम्बर ७ जर्सी लगाउनेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

यसअघि, रोनाल्डोले युनाइटेडमा रहँदा सोही नम्बरको जर्सी लगाएका थिए । सन् २००३ देखि २००९ बीच ६ सिजन युनाइटेडमा बिताउँदा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । यसक्रममा उनले नौ वटा उपाधि जितेका थिए जसमा तीन प्रिमियर लिग उपाधि र यूईएफए च्याम्पियन्स लिग उपाधि जितेका थिए ।

युनाइटेडको इतिहासमा नम्बर ७ जर्सीको आफ्नै महत्त्व रहेको छ । यो जर्सीलाई क्लबमा जर्ज बेस्ट, ब्रायन रोबसन, एरिक क्यान्टोना र डेभिड बेकह्यामले लगाइसकेका छन् । बेकह्यामपछि यो जर्सी रोनाल्डोलाई दिइएको थियो ।

अन्तर्राष्ट्रिय ब्रेकपछि ११ सेप्टेम्बरमा न्युक्यासलविरुद्ध घरेलु मैदानमा हुने खेलमा रोनाल्डोले डेब्यू गर्न सक्ने क्लबको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप