रोनाल्डोले युनाइटेडमा ७ नम्बर जर्सी लगाउने
क्रिस्टियानो रोनाल्डोले प्रिमियर लिगको २०२१–२२ सिजनका लागि म्यान्चेस्टर युनाइटेडमा ‘आइकोनिक’ ७ नम्बरको जर्सी लगाउने भएका छन् । युनाइटेडले विज्ञप्ति जारी गर्दै यस कुराको पुष्टि गरेको हो । रोनाल्डो हालै मात्र युभेन्टस छाडेर ओल्ड ट्राफोड फर्किएका हुन् ।
यसअघि एडिन्सन काभानीले सो जर्सी लगाउँदै आएका थिए । अब उनले २१ नम्बर जर्सी लगाउने गोल डटकमले जनाएको छ । ‘ओल्ड ट्राफोड फर्किएपछि क्रिस्टियानो रोनाल्डोले आइकोनिक नम्बर ७ जर्सी लगाउनेछन्,’ क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
𝙉𝙤𝙬 it's official 😍
— Manchester United (@ManUtd) September 2, 2021
7️⃣ @Cristiano#MUFC | #RonaldoReturns
यसअघि, रोनाल्डोले युनाइटेडमा रहँदा सोही नम्बरको जर्सी लगाएका थिए । सन् २००३ देखि २००९ बीच ६ सिजन युनाइटेडमा बिताउँदा रोनाल्डोले २९२ खेलमा ११८ गोल गरेका थिए । यसक्रममा उनले नौ वटा उपाधि जितेका थिए जसमा तीन प्रिमियर लिग उपाधि र यूईएफए च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
युनाइटेडको इतिहासमा नम्बर ७ जर्सीको आफ्नै महत्त्व रहेको छ । यो जर्सीलाई क्लबमा जर्ज बेस्ट, ब्रायन रोबसन, एरिक क्यान्टोना र डेभिड बेकह्यामले लगाइसकेका छन् । बेकह्यामपछि यो जर्सी रोनाल्डोलाई दिइएको थियो ।
अन्तर्राष्ट्रिय ब्रेकपछि ११ सेप्टेम्बरमा न्युक्यासलविरुद्ध घरेलु मैदानमा हुने खेलमा रोनाल्डोले डेब्यू गर्न सक्ने क्लबको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
-
फारम भरेका एक वर्षपछि बल्ल परीक्षा, रिजल्ट के होला ?
-
काठमाडौँ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा
-
कर्णालीका उपसभामुखको निजी निवासमा चोरीको प्रयास, झ्याल ढोका तोडफोड
-
‘विशेष प्राथमिकता’ को तिंकर सडकमा बजेट न्यून
-
अर्थमन्त्रीले भनेजस्तै ५० लाखमुनिका ईभी कसरी सस्तिन्छन् ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण