मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

ओ माई गड २ को सुटिङ चल्दै, भारतीय शैक्षिक प्रणालीमा कथा केन्द्रीत

शुक्रबार, १८ भदौ २०७८, ११ : ४५
शुक्रबार, १८ भदौ २०७८

यतिबेला ‘ओ माई गड २’ को सुटिङ चलिरहेको छ । अगस्ट १ मा अभिनेता पंकज त्रिपाठीले मुम्बईमा यसको सुटिङ गरेका थिए । यस सामाजिक कमेडी फिल्ममा पंकजबाहके अक्षयकुमार र यामी गौतम पनि मुख्य भूमिकामा देखिँदैछन् । 

मिडिया रिपोर्टस्अनुसार यस फिल्मको कथा भारतीय शिक्षा प्रणालीमा केन्द्रीत हुनेछ । ‘ओ माई गडको पहिलो संस्करण धर्ममा आधारित थियो । ओड माइ गड २ शैक्षिक प्रणालीमा आधारित हुनेछ,’ निर्माण पक्षलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखका छन् । 

ओ माई गड २ मा पंकज त्रिपाठी मुख्य हिरोको भूमिकामा हुनेछ । यसअघि ओ माई गडमा परेश रावल मुख्य कलाकार थिए । यस फिल्ममा अक्षय कुमारले भगवान् कृष्णको भूमिका निभाएका थिए । निर्माण पक्षका अनुसार अहिले पनि अक्षयले यही भूमिका नै निभाउनेछन् । 

फिल्मको कथाले परीक्षाको दबाब र कलेज प्रवेशजस्ता विषय उजागर गर्नेछ । अमित रायको निर्देशनमा बनेको फिल्मको सुटिङमा अझै केही दिन पंकज एक्लै उपस्थित हुनेछन् । यसपछि यामी गौतम फिल्मको सुटिङका लागि टिमसँग जोडिनेछिन् । अक्षयको भूमिका रहेका सिनहरुको सुटिङ अक्टुबरदेखि सुरु हुनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप