अदालतबाट हाँस्दै जेल गए बालकृष्ण ढुंगेल
काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय पाएका माओवादी नेता बालकृष्ण ढुंगेललाई सातदोवाटोबाट पक्राउ गरेलगत्तै प्रहरीले बबरमहलस्थित काठमाडौं जिल्ला अदालत लगिएको थियो ।
अदालत परिसरमा कडा सुरक्षा थियो । मिडियाको घेराबन्दी । अदालती प्रक्रिया सकेर उनलाई बाहिर निकाल्दै गर्दा मात्र मिडियाको क्यामारामा परे, ढुंगेल ।
अदालतको ढोकाबाट निस्कदै गर्दा ढुंगेलले हात हल्लाउँदै बाहिरिएका थिए ।
अदालतबाट निकाल्दा निकाल्दै पत्रकार वीरेन्द्र वलीले प्रश्न तेर्साए, ‘यो प्रकरणमा तपाईंको प्रतिक्रिया के छ ?’ ढुंगेलले उत्तर दिन पाएनन् । प्रहरीले धकेल्दै बाहिर निकाल्यो र गाडीमा हाल्यो ।
८ बर्ष अगाडि सर्वोच्च अदालतले ढुंगेललाई एक द्वन्द्वकालीन हत्यामा दोषी ठहर्राएको थियो । ढुंगेलले यस घटनामा आफु निर्दोष रहेको बताउँदै आएका थिए । माअोवादीले पनि घटना शान्ति सम्झौता अनुसार हल गर्नुपर्ने बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षक सरुवा सम्बन्धी ३ बुँदे नयाँ निर्देशन
-
सबैको साझा नेता बन्न चाहन्छुः सहमहामन्त्री आचार्य
-
‘अहिले पनि बजेट हेरफेर गरिरहेको गाइँगुइँ छ’
-
शङ्कास्पद शैक्षिक प्रमाणपत्रहरूमाथि ‘अपरेसन’
-
काठमाडौँ महानगरपालिका : नीति कार्यक्रममाथि आजदेखि छलफल सुरु
-
अनमोलसँगको तस्बिर शेयर गर्दै सुस्मिताले भनिन्, ‘मेरो कानुनी पहिचान छोरामार्फत पाएँ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण