अमिताभ र परिणीतिको ‘उचाही’ को सुटिङ काठमाडौंमा हुने
अभिनेता अमिताभ बच्चन र अभिनेत्री परिणीति चोपडाको मुख्य भूमिका रहने फिल्म ‘उचाही’ को छायाँकन नेपालमा हुने भएको छ । फिल्मको सुटिङ नेपालको बिभिन्न लोकेशनमा हुने बताइएको छ । राजश्री प्रोडक्सनबाट निर्माण हुने फिल्मको सुटिङ ५ अक्टुबरदेखि काठमाडाैं उपत्यकाबाट सुरु हुने बलिउड मिडियाले आफ्नो समाचारमा उल्लेख गरेको छ । फिल्मको अहिले प्रि प्रोडक्सन कार्य भइरहेको छ । फिल्मले बुढेसकालको मित्रता कथाको रुपमा उठाएको छ ।
सुरज बडजात्याको निर्देशन रहने फिल्ममा अमिताभको अपोजित भूमिकामा परिणीति हालै भित्रिएकी हुन् । फिल्ममा अमिताभ र परिणीतिको अलवा अनुपम खेर, नीता गुप्ता र बोमन इरानीको पनि मुख्य भूमिका रहनेछ । अनुपम, बोमन र अमिताभ फिल्ममा तीन पुराना साथीको रुपमा देखिनेछन् । परिणीति र नीनाको भूमिका के भन्ने अहिले खुलाइएको छैन । फिल्मको कथा निर्देशक सुरज आफैले लेखेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण