सुदर्शनको इन्गेजमेन्ट छोडेर सुटिङमा पूजा !
निर्देशक सुदर्शन थापा र अभिनेत्री पूजा शर्मा बीच मित्रता घनिष्ठ छ । थुप्रै प्रोजेक्टमा उनीहरूको सहकार्यले समेत त्यो देखाउँछ । सुदर्शनले निर्देशक गरेको प्रायः फिल्ममा पूजा दोहोरिने मात्र होइन, दुवैले मिलेर फिल्मसमेत निर्माण गरिसकेका छन् ।
धेरै प्रोजेक्टमा सहकार्य गरेका दुवैको प्रेम सम्बन्धको हल्लासमेत नचलेको होइन । तर दुवैले मिल्ने साथी बताउँदै आएका छन् । केही पहिले त दुवैले एउटै गाडी पालोपालो चढ्ने गरेका थिए । पूजाको नाम अभिनेता आकाश श्रेष्ठसँग जोडिएर आउँदा दुवैबीच मनमुटाबको खबर पनि बाहिर आएको थियो ।

सोमबार सुदर्शन थापाको मोडल तथा समाचार वाचिका सुप्रिया कटवालसँगको इन्गेजमेन्ट समारोहमा पूजाको अनुपस्थित रहिन् । काठमाडौँको –याडिसन होटलमा आयोजना भएको इन्गेजमेन्ट समारोहमा अभिनेता राज कटुवाल, वर्षा सिवाकोटीको समेत उपस्थिति रहँदा सुदर्शनको सबैभन्दा नजिकको साथी भनिएकी पूजाको उपस्थिति नहुनुलाई फिल्म क्षेत्रमा विभिन्न टीकाटिप्पणी भइरहेका छन् । कतिपयले त सुदर्शनको इन्गेजमेन्ट हेर्न नसक्ने भएर पूजा समारोहमा उपस्थित नभएको समेत चर्चा गरे ।
सुदर्शनको इन्गेजमेन्ट कहाँ गएकी थिइन् त पूजा ? धेरैको मनको प्रश्न हो यो । पूजाले भने एक मिडियासँग कुरा गर्दै सङ्गीतकार अर्जुन पोखरेलको एक गीतको सुटिङमा व्यस्त भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
-
सदन लामो समय स्थगित गरिएकोमा खुस्बु ओलीको असन्तुष्टि
-
एसियाली खेलकुद छनोट : नेपाली बलरको कसिलाे बलिङ, ओमान ९४ रनमा समेटियो
-
रास्वपा झापाको सभापतिमा ओमनाथ भण्डारी, यस्तो छ नयाँ कार्यसमिति
-
रास्वपा सुनसरीको सभापतिमा सागर दाहाल निर्वाचित
-
रास्वपा मकवानपुरको सभापतिमा पाठक चयन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण