एम्बुलेन्सको मापदण्ड : फोर व्हील ड्राइभ र पावर स्टेरिङ अनिवार्य !
एम्बुलेन्स अब स्वास्थ्य संस्थाले मात्र सञ्चालन गर्न पाउने भएका छन् । पछिल्लो समय कोरोना महामारी बढेसँगै समुदायहरूमा रहेका समिति तथा विभिन्न समूहहरूले एम्बुलेन्स सञ्चालन ल्याइएका छन् । तर, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका २०७८ निर्माण गरेर अब स्वास्थ्य संस्थाले मात्रै एम्बुलेन्स दर्ता र सञ्चालन गर्न पाउने जनाएको छ ।
सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा अब फोर व्हील ड्राइभ, पावर स्टेरिङ, सस्पेन्सन चेन सिस्टमको हुनुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ । एम्बुलेन्स चालकले राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रबाट निर्धारित तालिम लिनुपर्ने हुन्छ । यस्तै, चालक र एम्बुलेन्समा रहने आपत्कालीन मेडिकल प्राविधिकले पनि अनिवार्य रूपमा पोसाक लगाउनुपर्ने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकामा ‘प्रेषण केन्द्र’ स्थापना गरी ‘क’ र ‘ख’ वर्गका १ र १ वटा एम्बुलेन्स तयारी अवस्थामा राख्नुपर्ने हुन्छ । हाल ‘ग’ वर्गमा सञ्चालित एम्बुलेन्स नवीकरण गर्दा अनिवार्य ‘क’ वा ‘ख’ मा स्तरोन्नति गर्नुपर्ने हुन्छ ।
‘क’ र ‘ख’ वर्गको एम्बुलेन्समा हेल्थ असिस्टेन्ट वा नर्स र चालक हुनुपर्ने प्रावधान ल्याइएको छ । ‘ग’ वर्गका लागि अहेब वा अनमीको अनिवार्य व्यवस्था ५ देखि ५० बेड अस्पताल तथा प्रादेशिक र सङ्घीय अस्पतालले कम्तीमा ‘क’ र ‘ख’ वर्गको एकएकवटा एम्बुलेन्सको व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।
एम्बुलेन्स सेवाको गुणस्तर, भाडादर निर्धारण, नियमन जिल्लास्तर, प्रदेशस्तर र संघीय तहमा अनुगमन समितिहरूको व्यवस्था समेत गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२ सय ५० मेट्रिकटन डिएपी मल विराटनगर आइपुग्यो
-
१२ बजे १२ समाचार: आशिका तामाङको चेक बाउन्स प्रकरणले हलचल, प्रदेश सरकारबाट बाहिरिन भाखा सार्दै एमाले
-
कृषिमन्त्री चौधरी र मधेस प्रदेशका मुख्यमन्त्री यादवबिच भेट
-
युक्रेनको बन्दरगाहमा व्यापारिक जहाजमाथि हमला, ४ भारतीयको मृत्यु
-
महिलालाई थारु परिकार बनाउने सीप
-
नेपाल–रुस दौत्य सम्बन्धको ७०औँ वर्षगाँठ मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण