शुक्रबारबाट हास्य सिरियल ‘बबाल’
पछिल्लो समय दर्शकलाई भरपूर मनोरञ्जन दिने उदेश्यले थुप्रै हास्य सिरियल निर्माण भएका छन् । कतिपयले उदेश्य पुरा गरेका छन् भने कतिपय त्यसै हराएर पनि गएका छन् । यहि भिडमा नयाँ सिरियल ‘बबाल’ थपिएको छ । हास्य कलाकार अजय रेग्मी तथा सुदीप खतिवडा (एस जोडी) को लेखन तथा निर्देशन रहेको सिरियल शुक्रबारबाट प्रसारणमा आउने भएको छ । सिरियल अहिले एस जोडी क्रियसनको युट्युवमार्फत आउन लागेको हो ।
मेरी बास्सै, जिरे खुर्सानी, भद्रगोल, खासखुस, सक्किगोनीलगायत सिरियलमा अभिनय गरिसकेका यो एस जोडीले यस अगाडि ‘खुल्दुली’ कार्यक्रम ल्याएका थिए । नेपाली समाजमा अहिले उठेका विभिन्न सवालको जवाफ ‘बबाल’ सिरियलमार्फत रमाइलो तवरले खोज्ने प्रयाग गरेको निर्देशक एस जोडीले बताए ।
सिरियलमा विमला गिरी, घनु जोशी, अशोक शिवाकोटी, अच्युतराज गौतम, अजय रेग्मी, सुदिप खतिवडा, सुरेश न्यौपाने, सुस्मिता गिरी, लीला केसी, भोला शाह, किसन थापा, अशोक लामा लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । प्रवेश पोख्रेलको छायाङ्कन रहेको सिरियलमा रविन्द्र खड्काको सम्पादन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद
-
भयावह बन्दै डढेलो : विस्थापित हुनेको सङ्ख्या १ लाख ३५ हजार पुग्यो
-
यौन दुराचारको आरोपमा आईसीसीका अभियोजक करिम खान बर्खास्त
-
इच्छाकामनाका ३४ परिवारलाई जग्गा धनी प्रमाणपत्र वितरण
-
१२ बजे १२ समाचार: कांग्रेसभित्र ध्रुवीकरण तीव्र, सरकारी वकिलको निर्देशन प्रहरीद्वारा अस्वीकार !
-
स्पेन र फ्रान्समा भीषण डढेलो: ६५ हजारभन्दा बढी मानिस विस्थापित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण