सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : योगेश भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताएका छन् । रासससँग कुरा गर्दै आज उनले संसद्को आगामी बैठक सञ्चालन हुने÷नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताए ।
‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाले पुर्वाग्रहपूर्ण व्यवहार गरिएकाले’ विरोध गरिएको एमाले प्रचार विभाग प्रमुखसमेत रहनुभएका भट्टराईको भनाइ छ ।
“सभामुखले दलको सदस्यभन्दा माथि उठेर निष्पक्ष व्यवहार गर्नुपर्छ । पार्टीले अनुशासन वा ह्वीप उल्लङ्घनमा आफ्ना सदस्यलाई कारबाही गर्न सक्छ, सभामुखले त्यसलाई सूचना प्रकाशन गर्नुपर्छ”, उनले भने, “विगतमा अरु पार्टीले कारबाही सिफारिस गर्दा तत्काल सूचना आएको तर एमालेको पत्रलाई थन्क्याएर सभामुखले हाम्रो पार्टी विभाजनमा सहयोग गर्ने नियत राखेको देखियो । संसद्को ठूलो दललाई गरिएको व्यवहार महँगो र चुनौतीपूर्ण हुन सक्छ ।”
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युद्धमा गोली मात्रै चल्दैन, सूचना युद्ध पनि चल्छ
-
लुम्बिनी प्रदेशमा जलाधार क्षेत्र संरक्षण विधेयक आउँछ : सभामुख घर्तिमगर
-
रातोपाटीकर्मी शाही सम्मानित
-
हावाहुरीका कारण फेवातालमा पल्टिएको डुङ्गामा सवार सबैको उद्धार, एक जनाको उपचार हुँदै
-
तीनकुने घटना : मिश्र र प्रसाईँसहित २४ जनालाई ५ दिन म्याद थप
-
सोती घटना : उच्च अदालत सुर्खेतका दुई न्यायाधीशविरूद्ध न्याय परिषद्मा उजुरी