‘साइलेन्ट किलर’ उच्च रक्तचाप नियन्त्रण गर्ने ५ खाना
उच्च रक्तचापको समस्या संसारभर फैलिएको छ । नेपालीहरु पनि यो समस्याबाट पीडित हुने गरेका छन् भने ३० प्रतिशत भारतीय पनि उच्च रक्तचापको समस्याबाट पीडित भएका छन् । उच्च रक्तचापलाई ‘साइलेन्ट किलर’ पनि भनिन्छ । विभिन्न कारणका कारण रक्तचाप बढ्न थाल्छ । उमेर, लिङ्ग, आनुवंशिकता, मोटोपन, व्यायाम कम गर्नु र दुग्ध पदार्थहरुले उच्च रक्तचापको समस्या बढाउँछ ।
लक्षणबिनाको रक्तचापको समस्याले रक्तनली, मष्तिष्क, हृदय, आँखा र मिर्गौलालाई गम्भीर असर पुर्याउँछ । सेन्टर फर डिसिज कन्ट्रोल एण्ड प्रिभेन्सनका अनुसार रगत मुटुबाट रक्तधमनीहरुमार्फत शरीरका अन्य भागहरुमा जाने गर्छ । उच्च रक्तचापको समस्यामा धमनीहरुमा रगतको दबाब बढ्छ । यसकारण धमनीहरुमा रक्तप्रवाहलाई सन्तुलनमा राख्न सही खाना खान आवश्यक छ ।
विशेषज्ञका अनुसार सोडियमयुक्त खानेकुराको सेवन कम गर्नुपर्ने हुन्छ । धेरै नुन, बेकिङ सोडा, सोडियम बाइकार्बोनेट जस्ता चिज प्रयोग भएको खानेकुरा खानुहुँदैन । मोनोसोडियम ग्लुटोमेट अजिनोमोटो जस्ता स्वाद बढाउने खानेकुरा पनि खानुहुँदैन । चीज, बटर, आलुको चिप्स, नुनिलो नट्स, नुनिलो पपकोन, नुनिलो स्न्याक जस्ता खानेकुरा पनि खानुहुँदैन । यसका साथै, केचप, चिलि सस, गार्लिक सस, सोया सस, चटनी र अचार जस्ता खानेकुरा पनि खानुहुँदैन ।
अमिलो फलफूल
अंगुर, सुन्तला र कागती जस्ता अमिला फलफूलमा भिटामिन, एन्टिअक्सिडेन्ट र मिनरल जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले रक्तचाप नियन्त्रण गर्छ । यसमा क्यालोरी कम हुन्छ । र, यसमा सोडियम पाइदैन ।
पालक र ब्रोकाउली
विभिन्न मेटाबोलिक रोगहरु कम गर्न हरिया सागसब्जीको महत्वपूर्ण भूमिका रहन्छ । यसमा एन्टिअक्सिडेन्ट, पोटाशियम, क्याल्शियम, म्याग्नेशियम आदि पोषक तत्वहरु पाइन्छ । यो उच्च रक्तचापको समस्या भएकाहरुका लागि फाइदाजनक मानिन्छ ।
बिन्स र दाल
गेडागुडी र दालमा फाइबर, म्याग्नेशियम र पोटाशियमको मात्रा भरपुर हुन्छ । अध्ययनका अनुसार गेडागुडी र दालको सेवनले उच्च रक्तचापको स्तर कम गर्न मद्दत गर्छ ।
फर्सीको बियाँ, चिया सिड
यसमा म्याग्नेशियम, पोटाशियम, आर्जिनिन र अमिनो एसिड जस्ता पोषक तत्वहरु पाइन्छन् । यसले रक्तनलीहरुलाई शान्त रहन र उच्च रक्तचाप नियन्त्रण गर्न मद्दत गर्छ ।
बेरी
ब्लुबेरी, रस्पबेरी र स्ट्रबेरी जस्ता बेरीहरु रक्तचाप नियन्त्रण गर्न निकै फाइदाजनक मानिन्छ । साथै, मुटुरोगहरुको खतरा पनि कम हुन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अस्ट्रेलियामा किशोर उमेरलाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने योजना असफल
-
जनकपुरका निजी अस्पतालमा श्रम कार्यालयको अनुगमन तीव्र
-
अशोक यादवमाथिको प्रहरी व्यवहारप्रति नेकपाको आपत्ति
-
ट्रम्पले जस्तो व्यावहार देखाए पनि मेलोनीले मुस्कानसहित अभिवादन गर्ने
-
बङ्गलादेशमा पहिरोमा ९ जनाको मृत्यु, रोहिङ्ग्या शरणार्थी शिविरमा ८ जनाको ज्यान गयो
-
भागबण्डा मिलेपछि गण्डकी प्रज्ञा प्रतिष्ठानले पूर्णता पायाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण