बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय

विदेशबाट नेपाल आउँदा कति ग्राम सुन ल्याउन पाइन्छ ?

शनिबार, २६ भदौ २०७८, १३ : ३९
शनिबार, २६ भदौ २०७८

 विदेशबाट आउने नेपालीले एक पटकमा १०० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने भएका छन् । भन्सार विभागले  विदेशबाट ल्याइने १०० ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुने बताएको हो ।

विभागले काँचो सुन ल्याउँदा ५० ग्रामको भन्सार महसुल ९५० रुपैयाँ लाग्ने बताएको छ । यसपछि बाँकी ५० ग्राममा ०५० महसुल लाग्ने समेत बताएको छ । एक पटकमा विदेशबाट १०० ग्रामभन्दा बढी सुन ल्याएमा तोकिएभन्दा बढी सबै सुन जफत हुनेछ ।

गैह्रकानुनीरुपमा कुनै पनि नेपालीले काँचो सुन र चाँदी ल्याउन पाउने छैनन् । यदि कसैले ल्याएको फेला परेमा त्यस्तो सुन/चाँदी जफत गरेर त्यसको मूल्य बराबर जरिवाना हुने विभागले जनाएको छ । यस्तै, १० लाखभन्दा बढी मूल्यको सुन ल्याएमा कैद सजाय समेत हुने व्यवस्था छ ।

यस्तै, नेपाली र गैर आवासीय नेपालीले ५० ग्रामसम्म सुनको गहना, ५०० ग्रामसम्म चाँदीको गहना र १ लाख रुपैयाँसम्मको जवाहरात जडित सुन वा चाँदीका गहना ल्याउन पाउँनेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप