विदेशबाट नेपाल आउँदा कति ग्राम सुन ल्याउन पाइन्छ ?
विदेशबाट आउने नेपालीले एक पटकमा १०० ग्रामभन्दा बढी सुन ल्याउन नपाउने भएका छन् । भन्सार विभागले विदेशबाट ल्याइने १०० ग्रामभन्दा बढी काँचो सुन ल्याएमा जफत हुने बताएको हो ।
विभागले काँचो सुन ल्याउँदा ५० ग्रामको भन्सार महसुल ९५० रुपैयाँ लाग्ने बताएको छ । यसपछि बाँकी ५० ग्राममा ०५० महसुल लाग्ने समेत बताएको छ । एक पटकमा विदेशबाट १०० ग्रामभन्दा बढी सुन ल्याएमा तोकिएभन्दा बढी सबै सुन जफत हुनेछ ।
गैह्रकानुनीरुपमा कुनै पनि नेपालीले काँचो सुन र चाँदी ल्याउन पाउने छैनन् । यदि कसैले ल्याएको फेला परेमा त्यस्तो सुन/चाँदी जफत गरेर त्यसको मूल्य बराबर जरिवाना हुने विभागले जनाएको छ । यस्तै, १० लाखभन्दा बढी मूल्यको सुन ल्याएमा कैद सजाय समेत हुने व्यवस्था छ ।
यस्तै, नेपाली र गैर आवासीय नेपालीले ५० ग्रामसम्म सुनको गहना, ५०० ग्रामसम्म चाँदीको गहना र १ लाख रुपैयाँसम्मको जवाहरात जडित सुन वा चाँदीका गहना ल्याउन पाउँनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
लोकसेवा पदपूर्ति रोक्ने निर्णय फिर्ता लिन अनेरास्ववियू (क्रान्तिकारी) को माग, आन्दोलनको चेतावनी
-
कृषिप्रधान देशमै खाद्यान्नमा परनिर्भरः एकै वर्षमा भित्रियो झण्डै ६० अर्बको अन्न
-
भारतीय जेलमा रहेका नेपाली किसानको तत्काल रिहाइक गर्न कांग्रेसको माग
-
शंकरलाल अग्रवाललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
-
६७औँ अन्तर्राष्ट्रिय गणित ओलम्पियाडमा नेपाली टोलीको उत्कृष्ट नतिजा, ३ विद्यार्थीले दिलाए पदक
-
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेप बढेको महासंघको आरोप
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण