पिबि सिन्धुले दीपिका पादुकोण र रणवीरसँग मनाइन् पदकको खुसी
अभिनेत्री दीपिका पादुकोण र ब्याडमिन्टनका स्टार खेलाडी पिबी सिन्धु शनिबार राति मुम्बईको वर्ली इलाकास्थित रेस्टुरेन्टमा गएका थिए । अहिले उनीहरूका तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् ।
सिन्धुले टोकियो ओलम्पिक २०२० मा कास्य पदक जितेका थिए । दीपिका, रणवीर र सिन्धुले यस जीतको खुसी डिनर गरेर मनाएका हुन् । दीपिकाले सिन्धुलाई डिनरका लागि बोलाएकी थिइन् । यस दौरान दीपिकामा पति रणवीर सिंह पनि रेस्टुरेन्टमा थिए । रणवीरले दीपिका, सिन्धु र आफ्ना तस्बिरहरू सार्वजनिक गरेका हुन् ।

पिबि सिन्धुले फोटोमा कमेन्ट गर्दै रणवीर र दीपिकासँग समय बिताउन पाउनु निकै खुसीको विषय रहेको बताएका छन् । उनले फेरि चाडै नै भेट्न उत्सुक रहेको बताएका छन् । दीपिकाका बाबु प्रकाश पादुकोण पनि ब्याडमिन्टनका खेलाडी हुन् ।
दीपिका पादुकोण आफ्नो नयाँ फिल्म ‘८३’ मा रणवीर सिंहसँगै देखिनेछन् । बिहेपछि यो जोडी एकसाथ पर्दामा देखिन लागेको यो पहिलो अवसर हो । यसबाहेक दीपिका पादुकोण ‘फाइटर’, ‘पठान’ र ‘द इन्टर्न’ मा पनि देखिनेछिन् । त्यस्तै, रणवीर कपुर पनि ‘सर्कस्’, ‘तख्त’, ‘रकी और रानीकी प्रेम कहानी’ लगायत फिल्ममा देखिनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
-
एकै दिन भक्तपुरबाट ४० टन ताइचिन चिउरा बिक्री
-
लुम्बो हिमशिखरको पहिचान
-
पाल्पामा गोरुले खेतबारी जोत्ने प्रचलन हराउँदै
-
जर्मनी भर्सेस पाराग्वे: २०१४ पछि पहिलो पटक नकआउट चरणमा जर्मनी
-
मार्टिनेली नायक बन्दा ब्राजिलको रोमाञ्चक पुनरागमन, जापान विश्वकपबाट बाहिरियो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण