असोज १ देखि सुपथ मूल्य पसल खुल्ने
सरकारी स्वामित्वको कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी असोज १ गतेदेखि चाडपर्वका लागि सुपथ मूल्य पसल सञ्चालन गर्ने तयारी गरेको छ । नजिकिँँदै गरेको दशैंतिहार र छठ पर्वलाई लक्षित गर्दै खाद्यले यस वर्ष काठमाडौं, भक्तपुर, ललितपुरलगायत देशभर ३९ जिल्लाका ४३ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । कम्पनीले दिएको जानकारीअनुसार सुपथ मूल्य पसलमा उपभोक्ताले चामल, दाल, चिउरा, कर्णालीको सिमी, फापर, खानेतेल, घिउ, आँँटा, स्यानिटाइजर, खसीबोकालगायत खाद्यवस्तु किन्न पाउनेछन् ।
खाद्यले यस वर्ष दाल, चामल, चिउरा, आँटा र सनप्mलावार तेलमा बजार मूल्यभन्दा प्रतिकिलो ५ रुपैयाँ छूट दिनेछ भने भटमासको तेल, मासु र कर्णालीको सिमीमा प्रतिकिलो १० रुपैयाँ छूट दिने कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । चाडपर्वका समयमा हुने अनावश्यक मूल्य वृद्धिको समस्या रोक्न र बजार मूल्य हस्तक्षेप गर्न सहुलियत मूल्य पसलले सहयोग गर्ने भएकाले पनि चाडपर्वमा उपभोक्ताहरू माझ यसको महत्त्व बढेको कम्पनीले बताएको छ । यस वर्ष कम्पनीले दशैं र तिहारका लागि करीब ३ हजार खसी बोका भिœयाउने अनुमान गरिएको छ ।
कम्पनीले काठमाडौं उपत्यकाभित्र थापाथली, रामशाह पथ, नक्खु र सूर्यविनायक गरी चार स्थानबाट सुपथ मूल्य पसलको सुविधा दिनेछ ।
यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हुथीद्वारा साउदी अरबमाथि मिसाइल आक्रमण
-
हजारौँ करार र ज्यालादारी कर्मचारी हटाएर सरकारले नीतिगत भ्रष्टाचार गर्दै छ : सांसद राई
-
सरकारमाथि प्रतिपक्षी सांसदले औँला ठड्याए, सत्तापक्ष प्रमाण माग्दै सरकारको बचाउमा
-
सम्पत्ति छानबिनमा सरकारले राजनीति गर्यो, आफ्ना मन्त्री र सांसदलाई जोगाउन खोजियो : शाही
-
देशभरका २१ वटा सडक प्रभावित
-
ट्रम्पले आईआरएस मुद्दाको दुरुपयोग गरेको अमेरिकी न्यायाधीशको ठहर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण