मनाङका केही स्थानमा यातायात सञ्चालन
माथिल्लो मनाङ, चामे र नासो गाउँपालिकाको खोत्रोसम्म यातायातका साधन सञ्चालनमा आएका छन् । गत असार १ मा मर्स्याङ्दी नदी र खोलानालामा आएको बाढीपहिरोले ती क्षेत्रको यातायात अवरुद्ध भएको थियो ।
सोही बाढीपहिरोले बेँसीसहर–चामे सडक खण्ड पूर्ण रुपमा अवरुद्ध भएको थियो । सो सडक खण्डको केही भागमा मर्मत तथा सम्भार पछि सवारी सञ्चालनमा आएको डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालय लमजुङका प्रमुख अच्युत विलास पन्तले जानकारी दिए ।
उनका अनुसार लमजुङको बेँसीसहरदेखि मनाङको नासोंको खोत्रोसम्म , चामे र माथिल्लो मनाङ ङिस्याङमा पनि सवारी सञ्चालन भएको छ । उनले सदरमुकाम चामेसम्म दशैँ अगावै यातायात सञ्चालन गरिने लक्ष्य रहेको बताए । “सडक मर्मत तथा सम्भारको भइरहेको छ । वर्षा भइरहेकाले समस्या छ ।” उनले भने, “वर्षा भइरहेको छ । एक ठाउँमा बनायो । अर्को स्थानमा भत्किने समस्याले अलि गाह्रो भएको छ ।”
सो सडक खण्डको एक सय सात किलोमिटरमध्ये लमजुङको बेंसीसहरदेखि नासों –१ खोत्रोसम्मको ३५ किलोमिटर सडक निर्माण भइसकेको छ । त्यस्तै चामे गाउँपालिकामा स्थानीय सहितका सहयोगमा पालिकामा पूरै सवारी सञ्चालन भएको उनले बताए ।
आयोजना प्रमुख पन्तका अनुसार सो सडक खण्ड अन्तर्गतको खोत्रोदेखि तिमाङसम्म करिब १५ किलोमिटर सडक निर्माण हुन बाँकी छ । उक्त सडक अन्तर्गत माथिल्लो र तल्लो मनाङलाई जोड्ने तलेखु–भ्राताङ भिरमा चट्टान काटेर सडक निर्माणको काम भइरहेको जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वीपी स्मृति दिवस देशभर विविध कार्यक्रम गरी मनाइँदै
-
सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
-
‘कमला मिस’को नयाँ गीत ‘तिमी मेरो सञ्जीवनी’ सार्वजनिक
-
एक्यापमा लेक लागेर एकै वर्ष २५ जनाको मृत्यु
-
प्रिमियर लिगको दोस्रो सबैभन्दा महँगो सम्झौता, चेल्सीले रोजर्सलाई आधिकारिक रूपमा भित्र्यायो
-
न्यायाधीशविरुद्ध सयौँ उजुरी, छानबिनमा सधैँ विलम्ब
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण