सलमान खानलाई बिग बोस–१५ का लागि ३५० करोड भारु दिइने
आइतबार, ०३ असोज २०७८, १० : ४८
बलिउड सुपरस्टार सलमान खानलाई बिग बोस–१५ को नयाँ सिजनको प्रस्तोता बन्नका लागि ३५० करोड भारतीय रुपियाँ दिइने भएको छ ।
सलमान खानले १५ प्रतिशत पारिश्रमिक बढाइनुपर्ने माग गरेका थिए । नयाँ सिजनको लागि तयारी पूरा भएको र सलमानलाई उनले मागेको पारिश्रमिक दिइने भारतीय सञ्चार माध्यममा उल्लेख छ ।
बिग बोस ओटीटी यही सेप्टेम्बर १८ का दिन सकिदैछ । त्यसपछि बिग बोस–१५ प्रशारण हुनेछ ।
नयाँ शोमा करण कुन्द्रा, मानव गोहिल, टिना दत्ता, अमित टन्डन, रीम शेख, सिंबा नागपाल जस्ता सेलेब्रिटीहरु सहभागी हुन सक्ने बताइएको छ ।
सलमान खानले नयाँ सिजनका लागि प्रतिस्पर्धीहरुको चयन गर्न मुश्किल भएको बताए । उनले शोको नयाँ सिजनको प्रोमो अभिनेत्री रेखाको आवाजबाट सुरु गरिने जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
-
पेनाल्टी सुटआउटमा जर्मनी स्तब्ध, पाराग्वे अन्तिम १६मा प्रवेश
-
जर्मनी र पाराग्वेको रोमाञ्चक भिडन्त पेनाल्टी सुटआउटमा
-
जारी विश्वकपमा पहिलो पटक खेल थप समयमा, जर्मनी र पाराग्वेबिचको भिडन्त अतिरिक्त समयमा
-
जर्मनीको पुनरागमन: काई हाभर्ट्जको गोलमा खेल बराबरी
-
एन्सिसोको गोलमा जर्मनी विरुद्ध पाराग्वे १–० ले अगाडि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण