एकैदिन ११४ अंकको पहिरो, २६ सय बिन्दुतर्फ सेयर बजार
सेयर बजार परिसूचक २६ सय अंकको बिन्दुतर्फ ओरालो लागेको छ । आज एकैदिन ११४ अंकको गिरावटसँगै २६९८ अंकमा आएर थामिएपछि सेयर बजार २६ सय अंकतर्फ लागेको हो । यसक्रममा आज १ करोड ७३ लाख कित्ता सेयर किनबेच भई ८ अर्ब ४९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । यस्तै, आज कारोबार भएका सबै १३ वटै समूहमा उच्च अंकको गिरावट आएको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा जीवन बीमा समूहमा सबैभन्दा बढी ८०० अंकको गिरावट आएको छ । यसपछि, निर्जीवन बीमा समूहमा ६१४ अंक र विकास बैंक समूहमा ३३२ अंकको गिरावट आएको छ । यस्तै, जलविद्युतमा २२०, होटल एण्ड टुरिजममा १५८ अंक र वित्त समूहमा २२९ अंकको गिरावट आएको छ ।
समग्र बजार एकसय अंकभन्दा बढीले घटे पनि आज मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको सेयरधनीहरूले सबैभन्दा बढी कमाएका छन् । आज मनकामनाका सेयरधनीले प्रतिकित्ता ८९ रुपैयाँ कमाएका हुन् । यसबाहेक, आज सातवटा कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको छ । यस्तै, अन्य २५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले घटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आयुर्वेद तथा वैकल्पिक चिकित्सा सुधारका लागि उच्चस्तरीय छलफल
-
कोलकाता–विराटनगर रेल सेवा : उद्योगी र व्यापारी हर्षित
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण