मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

खड्काको शपथ एक बजे, आजै न्युयोर्क जाने

बुधबार, ०६ असोज २०७८, ०७ : ००
बुधबार, ०६ असोज २०७८

परराष्ट्रमन्त्रीमा नियुक्त भएका नारायण खड्काको बुधबार दिउँसो शपथ हुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका स्वकीय सचिव भानु देउवाका अनुसार खड्काको शपथ आज दिउँसो एक बजेका लागि शीतलनिवासमा तय भएको छ ।

देउवाका अनुसार सरकारले खड्कालाई परराष्ट्रमन्त्रीमा नियुक्त गरेको जानकारी राष्ट्रपति कार्यालयलाई गराइसकेको छ । ‘परराष्ट्रमन्त्रीको शपथ लिएर पदभार ग्रहण गरेपछि राति ८ः३० बजे संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क जानुहुनेछ,’ उनले रातोपाटीसँग भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप