प्रदेश २ मा लोसपाले संसदीय दलको नेता चयन गर्ने, सोनलको नाम अग्रस्थानमा
प्रदेश २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले संसदीय दलको बैठक बस्ने भएको छ । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) नेपालबाट विभाजित भएर गठन भएको लोसपाको संसदीय दलको बैठक आइतबार दिउसो २ बजे जनकपुरधाममा हुने प्रदेश सांसद परमेश्वर साहले जानकारी दिए ।
संसदीय दलको बैठक लोसपाका अध्यक्ष महन्थ ठाकुरको उपस्थितिमा दलको नेता चयन गर्ने आन्तरिक तयारी रहेको प्रदेश सांसद साहले बताए । तत्कालीन राष्ट्रिय जनता पार्टी नेपाल प्रदेश २ को सरकारमा सहभागी हुँदा संसदीय दलको नेतामा जितेन्द्र सोनललाई अघि सारिए पनि दलको नेता थिए ।
तर सोनलकै नेतृत्वमा प्रदेश सरकारमा सहभागी भएको थियो । अहिले जसपाबाट लोसपा गठन भएपछि संसदीय दलका नेतामा जितेन्द्र सोनललाई चयन गर्ने लोसपाको तयारी रहेको स्रोतले जानकारी दिए ।
लोसपामा संसदीय दलका नेता बन्ने आकाङ्क्षीहरू पनि छन् । शेरबहादुर देउवा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन गर्न अध्यादेश ल्याएपछि जसपाबाट अलग भएर महन्थ ठाकुरको नेतृत्वमा लोसपा गठन गरिएको छ । निर्वाचन आयोगले नयाँ दल रोज्न दिएको भदौ २२ सम्मको अवधिभित्र जसपाका ५५ मध्ये १६ प्रदेश सांसदले लोसपा रोजेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक अर्बभन्दा बढी बजेटका परियोजनाको अब नियमित अनुगमन हुने
-
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन गर्न माग
-
गगनलाई रविको चुनौती : सहकारीबाट ऋण लिएको प्रमाणित गर्नुस् राजनीति छोड्छु
-
संसद्मा राष्ट्रपतिलाई कांग्रेसले नीति तथा कार्यक्रम प्रस्तुत गर्न नदिने
-
गृहमन्त्री लामिछानेलाई रोष्टममा जान कांग्रेसको अवरोध
-
ईपीएस दोस्रो चरणको सीप परीक्षणको नतिजा सार्वजनिक