माधवकुमार नेपालको पार्टीमा बस्न पदाधिकारी पनि भेटिएनन् : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले माधवकुमार नेपालको पार्टीमा जिम्मेवारी सम्हाल्नका लागि पदाधिकारीसमेत फेला पर्न नसकेको बताएका छन् । उपत्यका विशेष प्रदेश कमिटीद्वारा आयोजित बृहत भेलालाई बिहीबार सम्बोधन गर्दै ओलीले भर्खरै आफूले सो पार्टीको निर्णय हेरेको तर पार्टीमा अझै पनि पदाधिकारी रिक्त रहेको पाएको टिप्पणी गरे ।
उनले माओवादी केन्द्रलाई ‘माके’ र माधवकुमार नेपालको पार्टीलाई ‘माने’ पार्टी संज्ञा दिए । उनले भने, ‘माके पार्टी, माने पार्टी फाटोको खेती गर्छ, ती एकताको राजनीति गर्ने पार्टी होइन, एमालेले त्यस्तो राजनीति गर्दैन । एमालेले एकताको राजनीति गर्छ ।’
माधव नेपालप्रति लक्षित गर्दै उनले अगाडि भने, ‘माने पार्टीको हेर्दै थिएँ, पदाधिकारी अलि भरिएको छैन । कोही भेटिन्छ कि भनेर खोज्दै हुनुहुन्छ तर पूरा भएको छैन ।’ उनले आफूहरुमा कसैको पार्टी कार्यालय कब्जा गर्न जाने खालको राजनीति नगर्ने पनि प्रस्ट पारे । पार्टी निकट कर्मचारी संगठनको कार्यालय विवादलाई उल्लेख गर्दै उनले भने, ‘प्रहरीलाई कानुन उल्लंघन गर्ने संयन्त्रका रुपमा सत्ता पक्षले प्रयोग गरिरहेको छ । वैधानिक कर्मचारी संगठनको कार्यालयमा दुई चार मान्छे आएर विवाद गरेका छन्, एउटा कार्यालय पनि खोल्न सक्दैनन् ? अर्काको कार्यालय कब्जा गर्न आउने !’
माधवकुमार नेपालले दक्षिणपन्थको विरोध गर्ने भनेकोप्रति लक्षित गर्दै उनले भने, ‘काँग्रेसको पछिपछि हिँड्नु छ, अनि दक्षिणपन्थको विरोध गर्ने रे !’ उनले सत्तारुढ गठबन्धनको मानवीय मनसमेत नरहेको बताए । ‘यिनीहरूको त मानवीय मन पनि छैन । अलिकति मानवीयता हुँदैन । छातीभित्र मुटु होइन, ढुंगा राखेको छ, ढुंगा । त्यो पनि छिप्पिएको दर्शन ढुंगा ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
दिलजीत दोसांझको फिल्म ‘सतलुज’ रिलिज भएको ४८ घण्टामै भारतमा ओटिटी प्लेटफर्मबाट हटाइयो
-
धार्मिक पर्यटन विकासका लागि ‘देवभूमि सर्किट’ : मन्त्री पौडेल
-
महिला टी–ट्वान्टी विश्वकप फाइनल: इंग्ल्यान्डले अस्ट्रेलियालाई दियो १५१ रनको लक्ष्य
-
उत्तर कोरियाद्वारा नयाँ हतियार ‘काङ कोन’ परीक्षण
-
१० बजे १० समाचार : बालेन सरकारलाई घेराबन्दी गर्ने तयारी, मधेसका रास्वपा सांसद असन्तुष्ट
-
जनप्रतिनिधि जनताप्रति उत्तरदायी हुनुपर्छः मन्त्री लम्साल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण