शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

ललितपुरमा यस्तो देखियो मनोनयन, सबैको आँखा पम्फा र सिलवालमाथि (फोटो)

बिहीबार, १६ कात्तिक २०७४, १६ : ५५
बिहीबार, १६ कात्तिक २०७४

ललितपुर । दोस्रो चरणको निर्वाचनको लागि देशभरी उम्मेदवारहरु निर्वाचन आयोगले तयार पारेका दर्ता कार्यलयमा गएर आ–आफ्ना उमेवारी दार्ता गराएका छन् ।

राजधानीसँगै जोडिएको जिल्ला हो, ललितपुर । यहाँ निर्वाचन आयोगले दुई ठाउँमा उम्मेदवारी दर्ताकोलागि छुट्याएको थियो ।

आयोगले फरक–फरक समय दिएको थियो विभिन्न राजनीतिक दलहरुलाई । १ बजे पुगेका थिए नेपाली काँग्रेसका उम्मेदवारहरु । बाजागाजा झण्डा र ब्यानरसाथ नाराजुलुस गरेर आएका काँग्रेसका नेताकार्यकर्ताहरु स्टाप कलेजेको गेटमा जम्मा भएर नारा जुलुस गरे । काँग्रेसका युवा नेता उदय शमशेर राणाले स्टाफ कलेज भित्र पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अबको विश्व खुल्ला अर्थतन्त्रको भएकाले आफू जित्ने बताए । वामपन्थीलाई जनताले नरुचाउने पनि बताए । 

करिब दुई बजे वामपन्थी गठबन्धनका उम्मेदवार लगनखेलबाट नै नाराजुलुस गरेर स्टाफकलेज पुगेका थिए । वामपन्थीका उम्मेदवारहरुमा थिए भर्खरै प्रहरीको जागीर छोडेर एमालेमा प्रवेश गरेर टिकट पाउने नवराज सिलवाल । सिलवाल दाउरा सुरवाल र भादगाउँले कालो टोपीमा ब्यानर बोकेर मासको बीचमा हिँड्दै आए । मिडिया र कार्यकर्ताको नजर नै आज सिलवालमाथि थियो । उनीसँगै थिइन् माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल । 

सिलवालले पत्रकारहरुसँग आफू जनतासँग न्याय माग्न आएको बताए । उनले यो राज्यले आफूलाई अन्याय गरेका कारण जनतासँग न्याय माग्न आएको बताए । सिलवालका प्रस्तावक थिए एमाले कार्यकर्ता गणेश कुमार आर्र्चाय  र समर्थक थिए मुकुन्द बजगाई । 

दर्ता गर्न पुगेका सिलवालका फरम भने गणेशकुमार आचार्यले भरेका थिए । सिलवालले एउटा फर्ममा हस्ताक्षर गरेर दर्ता गरेपछि पैसा बुझाउन अर्को ठाउँ गएका थिए । 

हेर्नुहोस् केही तस्विरहरु :


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कृष्ण गिरी
कृष्ण गिरी

कृष्ण गिरी रातोपाटीका लागि राजनीति क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप