ललितपुरमा यस्तो देखियो मनोनयन, सबैको आँखा पम्फा र सिलवालमाथि (फोटो)
ललितपुर । दोस्रो चरणको निर्वाचनको लागि देशभरी उम्मेदवारहरु निर्वाचन आयोगले तयार पारेका दर्ता कार्यलयमा गएर आ–आफ्ना उमेवारी दार्ता गराएका छन् ।
राजधानीसँगै जोडिएको जिल्ला हो, ललितपुर । यहाँ निर्वाचन आयोगले दुई ठाउँमा उम्मेदवारी दर्ताकोलागि छुट्याएको थियो ।
आयोगले फरक–फरक समय दिएको थियो विभिन्न राजनीतिक दलहरुलाई । १ बजे पुगेका थिए नेपाली काँग्रेसका उम्मेदवारहरु । बाजागाजा झण्डा र ब्यानरसाथ नाराजुलुस गरेर आएका काँग्रेसका नेताकार्यकर्ताहरु स्टाप कलेजेको गेटमा जम्मा भएर नारा जुलुस गरे । काँग्रेसका युवा नेता उदय शमशेर राणाले स्टाफ कलेज भित्र पत्रकारहरुसँग प्रतिक्रिया दिँदै अबको विश्व खुल्ला अर्थतन्त्रको भएकाले आफू जित्ने बताए । वामपन्थीलाई जनताले नरुचाउने पनि बताए ।
करिब दुई बजे वामपन्थी गठबन्धनका उम्मेदवार लगनखेलबाट नै नाराजुलुस गरेर स्टाफकलेज पुगेका थिए । वामपन्थीका उम्मेदवारहरुमा थिए भर्खरै प्रहरीको जागीर छोडेर एमालेमा प्रवेश गरेर टिकट पाउने नवराज सिलवाल । सिलवाल दाउरा सुरवाल र भादगाउँले कालो टोपीमा ब्यानर बोकेर मासको बीचमा हिँड्दै आए । मिडिया र कार्यकर्ताको नजर नै आज सिलवालमाथि थियो । उनीसँगै थिइन् माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसाल ।
सिलवालले पत्रकारहरुसँग आफू जनतासँग न्याय माग्न आएको बताए । उनले यो राज्यले आफूलाई अन्याय गरेका कारण जनतासँग न्याय माग्न आएको बताए । सिलवालका प्रस्तावक थिए एमाले कार्यकर्ता गणेश कुमार आर्र्चाय र समर्थक थिए मुकुन्द बजगाई ।
दर्ता गर्न पुगेका सिलवालका फरम भने गणेशकुमार आचार्यले भरेका थिए । सिलवालले एउटा फर्ममा हस्ताक्षर गरेर दर्ता गरेपछि पैसा बुझाउन अर्को ठाउँ गएका थिए ।
हेर्नुहोस् केही तस्विरहरु :

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियाबाट सिंगापुरमा बच्चा तस्करी गर्ने गिरोहलाई जेल सजाय
-
शत्रुजीवको जोखिम रोक्न कृषि उपज आयात गर्दा सरकारको सर्त
-
सोनम वाङचुकले तोडे २६ दिने अनशन
-
औद्योगिक प्रदूषण नियन्त्रणमा राज्य कठोर बन्नुपर्छ : सभापति अन्सारी
-
अनररी कन्सुलर कर्प्स नेपालको डिनमा सुरज वैद्य नियुक्त
-
मनसुनी प्रभाव कायम, केही स्थानमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण