एमालेमा छानिए १० टोली नेता, माधव छोडेकाले पाएनन् जिम्मेवारी
नेकपा एमाले केन्द्रीय समिति बैठकमा प्रस्तुत प्रतिवेदनमाथिको समूहगत छलफल सकिएको छ । शनिबार ललितपुरस्थित तुलसीलाल स्मृति भवनमा बसेको बैठकमा समूहगत छलफल सकिएको हो ।
शुक्रबार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, महासचिव ईश्वर पोखरेलको संगठनात्मक प्रतिवेदन र उपमहासचिव विष्णुप्रसाद पौडेलको विधान संशोधन प्रस्तावमाथि समूहगत छलफल सुरु भएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाएर समूहगत छलफल थालिएको थियो ।
बैठकले दशवटै समूहको टोली नेता समेत चयन गरेको छ । प्रदेश १ बाट हिक्मत कार्की, प्रदेश २ बाट रामचन्द्र मण्डल, वागमतीबाट आनन्द पोखरेल, गण्डकीबाट जगत विश्वकर्मा ,लुम्बिनीबाट दलबहादुर राना, कर्णालीबाट यमलाल कँडेल, सुदूरपश्चिमबाट कर्ण थापा, उपत्यका विशेषबाट माधव ढुंगेल र जनवर्गीय संगठन तथा विभागहरूबाट खिमलाल भट्टराईले छलफलको निष्कर्ष सुनाउनेछन् ।
समूहगत छलफलको सुझावपछि अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव तथा संगठन विभाग प्रमुख बिष्णु पौडेलले जवाफ दिनेछन् । टोली नेतामा सबै केपी शर्मा ओली निकट नेताहरु मात्र रहेका छन् ।
एमालेले आगामी असोज १५ देखि १७ गतेसम्म पहिलो विधान महाधिवेशन गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'एक्का तीन'को मुख्य अभिनेत्रीमा कविता
-
किन आन्दोलित छन् भक्तपुर क्यान्सर अस्पतालका कर्मचारी ?
-
रियल म्याड्रिडका लागि जब एमबाप्पेले माइकल ओलिसेलाई फकाए
-
विद्युत् निर्यात ६८ प्रतिशतले बढ्दा आयात खर्चमा भारी कटौती, १८ अर्ब ७६ करोडभन्दा बढी खुद व्यापार बचत
-
बागमतीमा गत आर्थिक वर्षमा ४४ सडक पुल निर्माण
-
इरान थप आक्रामक, दबाबमा अमेरिका
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण