छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
लुम्बिनी प्रदेशमा भएका छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बाँके, नवलपरासी (पश्चिम) र रुपन्देहीमा भएका दुर्घटनामा तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नवलपरासी (पश्चिम) जिल्लाको सुनवल नगरपालिका–१२ नबिन टोलमा ना ८ ख २८७७ नम्बरको ट्रकले प्रदेश ३–०२–००८ प ४३२३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार रुपन्देहीको बुटवल उपमहानगरपालिका–१५ सेमलार बस्ने मोटरसाइकल चालक २५ वर्षीय सौरभ सुवेदीको मृत्यु भएको जनाएको छ । उनको जिल्ला अस्पताल परासीमा उपचारको क्रममा मृत्यु भएको हो । बाँके जिल्ला पनि बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको कोहलपुर नगरपालिका–९ पार्वतीपुर नजिक सडकमा लु १ च ६९८७ नम्बरको बसको ठक्करबाट पैदलयात्री ३५ वर्षीय धर्मराज घर्तीको मृत्यु भएको छ । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ ।
यता रुपन्देहीको बुटवलमा निर्माणाधीन घरबाट खस्दा एक मिस्त्रीको मृत्यु भएको छ । बुटवल उपमहानगरपालिका–१४ पत्थरगंजस्थित देवबहादुर खत्रीको निर्माणाधीन घरको तेस्रो तलामा प्लास्टर गर्ने क्रममा बाँस भाँचिएर लड्दा मिस्त्री दाङ जिल्लाको लमही नगरपालिका–९ वन भुटानी स्थायी घर भएका ३० वर्षीय किसन चौधरीको मृत्यु भएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आठ विश्वविद्यालयका उपकुलपतिको सर्टलिस्ट सार्वजनिक
-
परीक्षामा जफत गरिएका मोबाइल नष्ट प्रकरण : अभिभावकले जनाए आपत्ति
-
प्रहरीको प्राविधिक तर्फका ५ डीएसपीको सरुवा
-
एक दशकभित्र सय अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छ : अध्यक्ष पाण्डे
-
एसएसपी अमरेन्द्र सिंहको कार्य विभागमा काज सरुवा
-
परराष्ट्रमन्त्री खनाल र भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार डोभालबिच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण