बैंकहरुको आकर्षक ब्याजदर काम लागेन, निक्षेपभन्दा तीन गुणा बढीले कर्जाको माग
बैंकहरुले निक्षेप संकलनलाई तार्गेट गर्दै गत असोज १ गतेदेखि आकर्षक ब्याजदर अफर गरेका थिए । तर सोचे अनुरुप बैंकमा निक्षेप संकलन आएन । सोमबार बैंकर्स संघले जारी गरेको रिपोर्टअनुसार गएको हप्ताभन्दा थप यसहप्ता निक्षेप संकलनमा गिरावट आएको छ । बरु निक्षेपको दाँजोमा कर्जाको माग ह्वातै बढेर तीन गुणा बढी पुगेको छ ।
बैंकर्स संघका अनुसार असोज ८ गतेसम्म बैंकहरुले ९ अर्ब निक्षेप संकलन गर्दा ३१ अर्ब बढीले कर्जाको माग बढेको देखिएको छ । यो हेर्दा बैंकको निक्षेप निकै कम र कर्जाको माग धान्नै नसक्ने गरी बढेको देखिएको छ । संघका अनुसार ब्याजदर नबढेको समयमा भदौ अन्तिम साता निक्षेप संकलन २६ अर्ब र कर्जाको माग २८ अर्ब अर्थात निक्षेप र कर्जाको माग उस्तै–उस्तै थियो ।
असोज ८ गतेसम्म आइपुग्दा कर्जाको माग ह्वात्तै बढेको छ भने निक्षेप संकलन निकै घटेको देखिएको छ । असार ८ गतेसम्म बैंकहरुले ४१ खर्ब ८० अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा कर्जाको माग ३९ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
-
चिलीमा शक्तिशाली आँधीका कारण १३ जनाको मृत्यु
-
पार्टी तोड्ने हैन, जोड्नेतर्फ लाग्नुपर्छः नेता आङ्देम्बे
-
तीन जिल्लामा आगलागी, सात लाख ४० हजार बराबरको क्षति
-
विशेष अदालतको ‘स्मार्ट कोर्ट’ बनाउने कार्यदिशा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण