प्रधानन्यायाधीश र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटघाट, संवैधानिक इजलास शीघ्र सुनुवाइको माग

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीशसहित केही न्यायाधीशलाई सर्वोच्चमै भेटघाट गरेको हो ।
मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा.मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो ।
भेटघाटका क्रममा अध्यक्ष त्रिपाठीले न्यायिक सुधार र पारदर्शिताका लागि हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल लागू गर्न मागसमेत गरेको छ । अधिवक्ता त्रिपाठीका अनुसार भेटका क्रममा व्यापक न्यायिक सुधार तथा पारदर्शिताका लागि न्यायाधीश हरिकृष्ण कार्कीसहितको समितिले पेस गरेको प्रतिवेदन तत्काल लागू गर्न माग गरिएको छ ।
त्यसैगरी संवैधानिक आयोगमा भएका नियुक्ति तथा त्यसका सम्बन्धमा परेका रिटमाथिको सुनुवाइ तत्काल सुचारु गर्न मागसमेत गरेको अध्यक्ष त्रिपाठीले बताए । भेटका क्रममा मञ्चका महासचिव सरोजकृष्ण घिमिरे, सचिव पवन जयसवाल, कोषाध्यक्ष रोशन पोखरेल लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सय ५७ वर्ष पुरानो नहर पक्की बनाइँदै
-
१२ बजे १२ समाचार: ओली र पूर्व राष्ट्रपति भण्डारीबिच भेटवार्ता, स्कटल्याण्डविरुद्ध नेपालको जित
-
नेपालले दुई विकेटको जित निकाल्दा मैदानमा देखियो यस्तो खुसी, तस्बिरहरू
-
चैते धानको उत्पादन बढ्दा, मूल्यमा गिरावट
-
स्कटल्याण्डविरुद्ध नेपालको जित
-
सरकारले संविधान संशोधनमा ढिलाइ गर्नुहुँदैन: प्रवक्ता डा. महत