प्रधानन्यायाधीश र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटघाट, संवैधानिक इजलास शीघ्र सुनुवाइको माग
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा र संवैधानिक कानुन व्यवसायी मञ्चका पदाधिकारीबीच भेटवार्ता भएको छ । मञ्चको नवनियुक्त कार्यसमितिले बुधबार प्रधानन्यायाधीशसहित केही न्यायाधीशलाई सर्वोच्चमै भेटघाट गरेको हो ।
मञ्चको नवनिर्वाचित अध्यक्ष दिनेश त्रिपाठीसहितको पदाधिकारीले प्रधानन्यायाधीश जबरासहित न्यायाधीशहरु अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, कुमार रेग्मी र डा.मनोज शर्मासँग संयुक्त भेटघाट गरेको हो ।
भेटघाटका क्रममा अध्यक्ष त्रिपाठीले न्यायिक सुधार र पारदर्शिताका लागि हरिकृष्ण कार्कीको प्रतिवेदन तत्काल लागू गर्न मागसमेत गरेको छ । अधिवक्ता त्रिपाठीका अनुसार भेटका क्रममा व्यापक न्यायिक सुधार तथा पारदर्शिताका लागि न्यायाधीश हरिकृष्ण कार्कीसहितको समितिले पेस गरेको प्रतिवेदन तत्काल लागू गर्न माग गरिएको छ ।
त्यसैगरी संवैधानिक आयोगमा भएका नियुक्ति तथा त्यसका सम्बन्धमा परेका रिटमाथिको सुनुवाइ तत्काल सुचारु गर्न मागसमेत गरेको अध्यक्ष त्रिपाठीले बताए । भेटका क्रममा मञ्चका महासचिव सरोजकृष्ण घिमिरे, सचिव पवन जयसवाल, कोषाध्यक्ष रोशन पोखरेल लगायतको सहभागिता रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसमा क्रियाशील सदस्यताको डिजिटल अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप
-
१०५ सदस्यीय प्रतिनिधिसभा बनाउन आयोगको सुझाव
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण